बाइडेनले ‘खतरनाक देश’ को संज्ञा दिएपछि पाकिस्तानले अमेरिकी दूतलाई बोलायो « Khabarhub

बाइडेनले ‘खतरनाक देश’ को संज्ञा दिएपछि पाकिस्तानले अमेरिकी दूतलाई बोलायो


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तानलाई विश्वकै सबैभन्दा खतरनाक देशहरुमध्ये एकको संज्ञा दिएपछि पाकिस्तानले अमेरिकी दूतलाई बोलाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले पाकिस्तान विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हुन सक्ने र त्यहाँ आणविक हतियारहरू भएको बताएपछि पाकिस्तानी विदेश मन्त्रालयले अमेरिकी दूतलाई बोलाएको हो ।

७९ वर्षीय बाइडेनले गत बिहीबार डेमोक्र्याटिक कंग्रेसनल क्याम्पेन कमिटीको एक कार्यक्रममा उक्त टिप्पणी गरेका थिए । कार्यक्रममा उनले युक्रेनमा जारी युद्ध, चीन, र अमेरिकी मुद्दाबारे टिप्पणी गरेका थिए ।

चीन र राष्ट्रपति सी जिनपिङसँगको आफ्नो सम्बन्धको सन्दर्भमा बोल्दै, बाइडेनले भने, ‘जिनपिङले आफूले चाहेको कुरा बुझ्दछन तर उनमा समस्याहरूको विशाल श्रृंखला छ ।’

सोही सन्दर्भमा उनले पाकिस्तानको बारेमा पनि चर्चा गरेका थिए । ‘मलाई लाग्छ पाकिस्तान संसारको सबैभन्दा खतरनाक राष्ट्रहरू मध्ये एक हो, जहाँ बन्दोबस्त बिनाको आणविक हतियार छ ।’

पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टो जर्दारीले दक्षिण बन्दरगाह सहर कराँचीमा केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा आफू बाइडेनको भनाइबाट चकित परेको बताएका थिए । ‘मलाई लाग्छ कि यो ठ्याक्कै एक प्रकारको गलत बुझाइ हो, जुन बचनबद्धताको कमी हुँदा सिर्जना हुन्छ’, उनले थपे ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : ५३ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय