रुसी विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो | Khabarhub Khabarhub

रुसी विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । रुसको तास समाचार संस्थाले विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको हो ।

आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेअनुसार उद्धारकर्ताहरूले दुर्घटनास्थलमा थप १० शवहरू फेला पारेका छन् । मृत्यु हुनेमध्ये तीन जना बालबालिका समेत रहेको जनाइएको छ ।

दुर्घटनामा अरु १९ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको तासले उल्लेख गरेको छ । दुर्घटनास्थलबाट ६८ जनाको उद्धार गरिएको थियो भने ३६० जनालाई सुरक्षित स्थानमा सारिएको थियो ।

यसअघिका समाचारमा रुसको दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको उल्लेख गरिएको थियो ।

चालक दलले उडान भर्ने क्रममा इन्जिनमा आगो लागेको जानकारी दिएका थिए । तासका अनुसार विमानको आगो नजिकैको नौ तले आवासीय भवनमा फैलिएको थियो ।

दुर्घटनाबाट १७ वटा अपार्टमेन्टमा क्षति पुगेको छ । रुसी अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : २७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर