निर्वाचनमा सञ्चार माध्यमको अनुगमनः प्रेस काउन्सिलले सक्रियता बढायो « Khabarhub

निर्वाचनमा सञ्चार माध्यमको अनुगमनः प्रेस काउन्सिलले सक्रियता बढायो


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, २०७९ लक्षित गरी प्रेस काउन्सिल नेपालले अनुगमनलाई तीव्रता दिएको छ । काउन्सिलले नियमित रुपमा गर्दै आएको अनुगमनबाहेक सञ्चार माध्यममा निर्वाचन आचारसंहिताको अनुगमनसमेत गरिरहेको जनाएको हो ।

अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टाछुट्टै समूह बनाइ काम सुरु गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

मङ्गलबार काउन्सिलले अनुगमनमा खटिएका कर्मचारीसहित तथ्याङ्कविज्ञसँग छलफल गरेको थियो । यसअघिका आम निर्वाचनहरूमा समेत तथ्याङ्क प्रशोधनसहित अनुमगनको अनुभव सङ्गालेका तथ्याङ्कविज्ञद्वारा तथ्याङ्क प्रशोधन/अनुगमन विधिबारे सङ्क्षिप्त अभिमुखीकरण भएको सूचना अधिकारी बोहराले बताए ।

उनले काउन्सिलले आफ्नो नियमित अनुगमनसँगै निर्वाचन अनुगमनलाई समेत निरन्तरता दिएको र पत्रकार तथा सञ्चार माध्यमसम्बद्ध सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन समेत भइरहेको जानकारी दिए ।

यसअघि काउन्सिलले २०६४ सालको संविधान सभा निर्वाचन, २०६५ सालको उपनिर्वाचन, २०७४ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचन र २०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चार माध्यम विशेष अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : ४० बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने