चीनमा युरोपेली लगानी घट्दै « Khabarhub

चीनमा युरोपेली लगानी घट्दै


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा युरोपेली लगानी घट्दै गएको पाइएको छ । चीनको शून्य कोभिड नीतिका कारण अर्थतन्त्र खस्किन थालेसँगै युरोपेली मुलुकबाट हुने लगानी पनि घट्दै जान थालेको हो ।

सिङ्गापुरबाट प्रकाशित हुने स्ट्रेट टाइम्सका अनुसार हाल चीनका केही बहुराष्ट्रिय कम्पनीमा मात्रै युरोपेली लगानी सीमित हुन पुगेको छ । चीनले प्रकाशित गर्ने आधिकारिक तथ्यांकमा भने समग्रमा प्रत्यक्ष वैदेशिक लगानी बढेको देखिएको छ ।

यद्यपि चीनले हङकङबाट हुने लगानीलाई समेत वैदेशिक लगानी मान्ने गरेकाले यसको पारदर्शीतामाथि प्रश्न उठ्ने गरेको बताइन्छ ।

अमेरिकाको न्यूयोर्कमा रहेको रोडियम नामक अनुसन्धान केन्द्रका अनुसार युरोपेली युनियन एवम् बेलायतबाट चिनियाँ उद्योग एवम् कारखानामा हुने वैदेशिक लगानी घटेको पाइएको हो ।

यस आर्थिक वर्षको पहिलो अर्धवार्षिकमा यस्तो वैदेशिक लगानी घटेर २ अर्ब अमेरिकी डलरभन्दा कममा सीमित भएको छ । अघिल्लो वर्षको यही अवधिमा यो ४ अर्ब ८० करोड डलर रहेको रोडियमलको अध्ययनलाई उद्धृत गर्दै स्ट्रेट टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : ०६ बजे

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।