टिकट नभए पनि कतारमा विश्वकप हेर्न सकिने  « Khabarhub

टिकट नभए पनि कतारमा विश्वकप हेर्न सकिने 


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोहा – हय्या कार्ड तथा टिकट नभएकाहरूले पनि कतारमा विश्वकप हेर्न पाउने भएका छन्। आइतबार अर्थात् २० नोभेम्बरमा सुरु हुने फिफा विश्वकप-२०२२ हय्या कार्ड तथा टिकट नभएकाहरूलाई पनि विश्वकप हेर्ने व्यवस्था गरिएको छ।

कतार सरकारको गृह मन्त्रालयले सरोकारवालाहरूसँग आयोजना गरेको भर्चुअल बैठकमा निःशुल्क खेल देखाउने तयारी भइरहेको जानकारी दिएको हो। विशेषगरी कतारको औद्योगिक क्षेत्रमा बस्ने श्रमिकहरूलाई लक्षित गरी तीन स्थानमा ठुलो पर्दाको व्यवस्था गरी हय्या कार्ड तथा टिकट नभएकाहरूलाई खेल हेर्ने व्यवस्था मिलाइएको छ।

१८ डिसेम्बरसम्म चल्ने विश्वकप एसियन टाउन भित्रको क्रिकेट स्टेडियम, न्यु इन्डस्ट्रियल एरिया स्ट्रीट ५५ र अल खोर स्पोर्ट कम्पेक्स फ्यान जोनमा टिकट नभएकाहरुले हेर्न सक्ने कतार सरकारले जनाएको छ।

सुविधाहरु क्रमश: आर्केस्ट्रा प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरू, सांस्कृतिक र खेलकुद प्रतियोगिताहरू, ड्र मार्फत सर्वसाधारणलाई उपहार, निःशुल्क मधुमेह र ब्लड प्रेसर जाँच र फ्री वाईफाईलगायतका सुविधा पनि रहनेछ।

फ्यान जोनभित्र क्याफेटेरिया र रेस्टुरेन्ट पनि छन् भने निःशुल्क बसकोसमेत व्यवस्था गरिएको छ। यी ठाउँहरूमा कडा सुरक्षा व्यवस्थापन गरिएको छ। कतार सरकारले गरेको यो व्यवस्थासँगै अब टिकट तथा हय्या कार्ड नभएका नेपालीसहित विदेशी नागरिकहरूले पनि नि:शुल्क विश्वकपका खेलहरू हेर्न पाउने छन्।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ६ : ५२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले