टिकट नभए पनि कतारमा विश्वकप हेर्न सकिने  « Khabarhub

टिकट नभए पनि कतारमा विश्वकप हेर्न सकिने 


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोहा – हय्या कार्ड तथा टिकट नभएकाहरूले पनि कतारमा विश्वकप हेर्न पाउने भएका छन्। आइतबार अर्थात् २० नोभेम्बरमा सुरु हुने फिफा विश्वकप-२०२२ हय्या कार्ड तथा टिकट नभएकाहरूलाई पनि विश्वकप हेर्ने व्यवस्था गरिएको छ।

कतार सरकारको गृह मन्त्रालयले सरोकारवालाहरूसँग आयोजना गरेको भर्चुअल बैठकमा निःशुल्क खेल देखाउने तयारी भइरहेको जानकारी दिएको हो। विशेषगरी कतारको औद्योगिक क्षेत्रमा बस्ने श्रमिकहरूलाई लक्षित गरी तीन स्थानमा ठुलो पर्दाको व्यवस्था गरी हय्या कार्ड तथा टिकट नभएकाहरूलाई खेल हेर्ने व्यवस्था मिलाइएको छ।

१८ डिसेम्बरसम्म चल्ने विश्वकप एसियन टाउन भित्रको क्रिकेट स्टेडियम, न्यु इन्डस्ट्रियल एरिया स्ट्रीट ५५ र अल खोर स्पोर्ट कम्पेक्स फ्यान जोनमा टिकट नभएकाहरुले हेर्न सक्ने कतार सरकारले जनाएको छ।

सुविधाहरु क्रमश: आर्केस्ट्रा प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरू, सांस्कृतिक र खेलकुद प्रतियोगिताहरू, ड्र मार्फत सर्वसाधारणलाई उपहार, निःशुल्क मधुमेह र ब्लड प्रेसर जाँच र फ्री वाईफाईलगायतका सुविधा पनि रहनेछ।

फ्यान जोनभित्र क्याफेटेरिया र रेस्टुरेन्ट पनि छन् भने निःशुल्क बसकोसमेत व्यवस्था गरिएको छ। यी ठाउँहरूमा कडा सुरक्षा व्यवस्थापन गरिएको छ। कतार सरकारले गरेको यो व्यवस्थासँगै अब टिकट तथा हय्या कार्ड नभएका नेपालीसहित विदेशी नागरिकहरूले पनि नि:शुल्क विश्वकपका खेलहरू हेर्न पाउने छन्।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ६ : ५२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ