नवलपुरको एउटा मतदान केन्द्रको जिम्मा महिलालाई « Khabarhub

नवलपुरको एउटा मतदान केन्द्रको जिम्मा महिलालाई


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ।

नवलपुरमा रहेका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको हो। नवलपुरको कावासोती नगरपालिका–२ मा रहेको शिव मावि शिवबस्तीको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वका प्रमुख लालप्रसाद शर्मा भुसालले बताए।

प्रमुख भुसालका अनुसार शिव माविमा रहेको मतदानस्थलको ‘ङ’ केन्द्रलाई महिलामैत्री बनाइएको छ। मतदान अधिकृत शान्ति गुरुङको नेतृत्वमा आठ कर्मचारी सबै महिलामात्रै रहेको उनले बताए। नवलपुरमा रहेका तीन सय दुई मतदान केन्द्रमा दुई हजार चार सय १६ कर्मचारी खटिएका छन्।

प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत रामग्राम नगरपालिका–१ मा दुईवटा मतदान केन्द्र रहेको एउटा मतदानस्थल र रामग्राम नगरपालिका–१ मा रहेको सयपत्री बोर्डिङ स्कुलस्थित मतदानस्थलमा मतदान अधिकृतसहित सम्पूर्ण कर्मचारी महिलामात्रै खटाइएको छ।

मतदानस्थलमा खटिने कर्मचारीसहित सुरक्षाकर्मीसमेत यस मतदानस्थलमा सबै महिला खटाइएको छ। मतदानस्थलमा १६ महिला कर्मचारी खटिएका छन्। साथै नेपाल प्रहरी र म्यादी प्रहरी गरी १३ सुरक्षाकर्मी खटाइएकामा सबै सुरक्षाकर्मी महिला छन्।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ४७ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर