उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री | Khabarhub Khabarhub

उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

डोल्पा – उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ। जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सो सामग्री पठाइएको हो।

सदरमुकाम दुनैबाट पैदलमार्गमार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिकाको चारवटा मतदान केन्द्र, छार्काताङसोङ गाउँपालिकाको एक मतदान केन्द्र र शे–फोक्सुण्डो गाउँपालिकाको सातवटा मतदान केन्द्र गरी जम्मा १२ मतदान केन्द्रमा हेलिकोप्टरको प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी सेनाको हेलिकोप्टरबाट पठाइएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए।

उनका अनुसार मतदान सकिएपछि पनि मतपत्र, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीसमेत हेलिकोप्टरबाटै ल्याइने व्यवस्था मिलाउन निर्वाचन आयोगसँग आग्रह गरिएको छ। भौगलिक विकटता र भारी हिमपातका कारण निर्वाचनको पूर्वतयारी गर्न समस्या देखिएपछि हेलिकोप्टर प्रयोग थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपल्लो क्षेत्रमा पर्ने २२ मतदान केन्द्रका लागि हेलिकोप्टरको माग गरिए पनि निर्वाचन आयोगले संवेदनशीलताका हिसाबमा १२ मतदान केन्द्रका लागि मात्र हेलिकोप्टर व्यवस्थापन गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए।

बिहीबार शे–फोक्सुण्डोको वडा नं ३ साल्दाङ्ग मतदान केन्द्र र छार्काको एउटा मतदान केन्द्रमा दुई उडान हेलिकोप्टर प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी पठाइएको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ। आज बिहानदेखि बाँकी १० वटा मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाइने निर्वाचन कार्यालय डोल्पाले जनाएको छ।

माथिल्लो डोल्पाका १२ मतदान केन्द्रबाहेकका अन्य मतदान केन्द्रका लागि मतपत्रलगायतका निर्वाचन सामग्री घोडाखच्चड र मानिसको पिठ्युँमा बोकेरै मतदान केन्द्रतर्फ कर्मचारी जाँदै गरेको र केही पुगिसकेको जनाइएको छ।

-रासस

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ३४ बजे

स्वदेशमै पुग्दैन बिजुली, प्राधिकरणलाई निर्यातकै हतारो !

काठमाडौं– यो सिजन चर्को गर्मीका कारण देशभर विद्युत् खपत बढ्दा

कोशीमा चट्याङबाट दुई सय ५४ जनाको मृत्यु

झापा– कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय

सेनाको रिपुमर्दिनी पनि रित्तियो, उपत्यकाका सबैजसो पम्पले दिन छाडे इन्धन

काठमाडौं- काठमाडौं उपत्यकामा पेट्रोल र डिजलको अभाव देखिएको छ ।

पार्टीभित्र विवाद छैन, विचार मिल्नेसँग एक भएर अघि बढ्न तयार छौँ : माधव नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र विचारको

अमेरिकी पत्रकार गेर्शकोभिचविरूद्ध जुन २६ मा सुनुवाइ हुने

काठमाडौं– अमेरिकी पत्रकार इभान गेर्शकोभिचविरूद्ध रूसमा जासुसीको आरोपमा जुन २६