‘औषधि, खानपान र व्यायामको सन्तुलनले मधुमेह नियन्त्रणमा आउन सक्छ’ « Khabarhub

‘औषधि, खानपान र व्यायामको सन्तुलनले मधुमेह नियन्त्रणमा आउन सक्छ’


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन- मधुमेहका बिरामीहरूले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्न सके लामो आयु जीउन सक्ने चिकित्सकले बताएका छन् ।

स्वस्थ खानपान र नियमित व्यायामले मधुमेह रोगबाट बच्न सकिने जनाउँदै उनीहरूले मधुमेह भइसकेपछि पनि औषधि, खानपान र व्यायामको सन्तुलन मिलाएर सहज जीवनयापन गर्न सकिने सुझाव दिएका छन् ।

चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट (हर्मनरोग विशेषज्ञ) डा सौरव खतिवडाले मधुमेह वयस्क मानिसलाई मात्रै नभएर युवालाई पनि लाग्ने जनाउँदै जीवनशैली परिवर्तन गरेर सहज जीवनयापन गर्नुपर्छ भने ।

औषधि, खानपान र व्यायामले मधुमेहलाई नियन्त्रणमा राख्न सकिने उनले सुझाव दिए । “गर्भावस्था, शल्यक्रियाको समय र अन्य औषधिका कारणले हुने मधुमेह पछि निको भएर जाने भए पनि यीबाहेकका प्रायः मधुमेह पूर्ण रूपमा निको हुँदैनन् ।” उनले भने, “यो बढ्दै जाने रोग हो । यसलाई हामीले औषधि, खानपान र व्यायामले नियन्त्रणमा राख्न सक्छौँ ।”

उनका अनुसार नेपालका १० देखि २० प्रतिशत जनसङ्ख्यामा मधुमेहको समस्या रहेको अनुमान गरिएको छ ।  मधुमेहका बिरामी आफैँ सचेत भएर रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउँदै डा खतिवडाले भने “खानपानलाई नियन्त्रणमा राख्नुपर्छ, व्यायाम गर्नुपर्छ, औषधि नियमित खानुपर्छ ।”

औषधि र इन्सुलिन लिइरहेका बिरामीले सही तरिकाले औषधि खान र इन्सुलिन लगाउन उनले सुझाव दिए ।  डा खतिवडाले भने, “चिनीको मात्रा उच्च वा न्यून भयो भने के कारणले यस्तो भएको हो भन्ने कुरा पत्ता लगाउनुपर्दछ ।”

मधुमेहका बिरामीले पनि सामान्य एक जना व्यक्तिले खाने सन्तुलित खाना नै खान सक्ने बताउँदै डा खतिवडाले भने, “खानामा कार्बोहाइड्रेट मात्रा नियन्त्रणमा राख्नुपर्छ । मुख्य रुपमा सजिलै चिनी निस्किने खालको कार्बोहाइड्रेट नभएको खाना खानुपर्छ ।

बिहान, दिउँसो र बेलुकीको खानामा म यति कार्बोहाइड्रेट भएको खान्छु भन्ने निश्चित गर्नुपर्दछ । कहिले बढी खाने कहिले कम खाने गर्नु हुँदैन ।” मधुमेहका बिरामीलाई दुईदेखि तीन पटक अन्न खान सुझाव दिँदै उनले अन्य समयमा पनि थोरै थोरै तर कम अन्नयुक्त खानेकुरा खान सुझाव दिए।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरका कन्सल्टेन्ट फिजिसियन डा देवनारायण जैसीले मधुमेहका बिरामीलाई पनि शरीरमा सुगर आवश्यक पर्ने बताए । उनले मधुमेहका बिरामीको शरीरमा पनि सुगर चाहिने तर आवश्यकताभन्दा बढी हुन नहुने बताए। उनले भने “मधुमेहका बिरामीको  शरीरलाई सुगर चाहिँदै नचाहिने भन्ने होइन, तर आवश्यकताभन्दा बढी हुनु हुँदैन । सुगर भनेको शरीरका लागि इन्धन हो ।” सुगरको मात्रा बढी भएर शरीरले त्यसको व्यवस्थापन गर्न नसकेपछि समस्या आउने उनले बताए ।

पहिले पहिले ४० वर्षपछि मधुमेह रोग देखिन्छ भन्ने गरिएको भए पनि हिजोआज जीवनशैलीमा परिवर्तन आएपछि कम उमेरमै मधुमेह देखिन थालेको उनको भनाइ छ । उनले भने “खानपानका कारण कलिलो उमेरमै मोटोपनको समस्या, व्यायाम नगर्ने जस्ता कारणले हिजोआज २५–३० वर्षदेखि नै मधुमेहको समस्या देखिने गरेको छ । यसको मुख्य कारण जीवनशैली नै हो ।”

बुबाआमालाई मधुमेह छ भने त्यस्तो व्यक्तिलाई मधुमेह हुने सम्भावना बढी हुने जनाउँदै उनले अनियन्त्रित रूपमा बाहिरी खाना धेरै खाने, व्यायामको कमी हुने व्यक्तिहरूलाई मधुमेह हुने सम्भावना पनि बढी हुने बताए।

धेरैजसो मधुमेहको समस्या नियन्त्रण गर्न सकिने बताउँदै उनले भने, “घरमा तयार पारिएको सन्तुलित खाना ठिक्क मात्रामा खाने, जङफुड नखाने, बोसो र चिल्लोयुक्त खाना नखाने, नियमित व्यायाम गर्ने हो भने धेरैजसो मधुमेहबाट बच्न सकिन्छ ।”

मधुमेह लागिसकेपछि शरीरको तौल घट्दै जाने जनाउँदै उनले भने, “पटक पटक पिसाब लाग्नु, धेरै भोक लाग्नु, मुख सुक्दै जानु, हातखुट्टा झम्झमाउनु, कमजोर महसुस हुनु भनेको मधुमेहका लक्षण हुन् । यस्तो लक्षण देखिएमा तुरुन्त रगत परीक्षण गराउनुपर्दछ ।”

गर्भवतीलाई पनि मधुमेहको जोखिम हुने डा जैसीको भनाइ छ । उनले भने, “हामीले २४ देखि २८ हप्ताकोबीचमा गर्भवतीको मधुमेह परीक्षण गर्ने गर्दछौँ । गर्भवती हुनुभन्दा पहिले नै तौल बढी छ, मोटोपना छ, यसभन्दा पहिलाको गर्भावस्थामा पनि मधुमेह भएको छ भने दोस्रो गर्भावस्थामा मधुमेह हुने सम्भावना बढी हुन्छ ।”  गर्भावस्थाको सुरुवाती चरणदेखि नै मधुमेह परीक्षण गराउन उनले सुझाव दिए ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १२ : १९ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद