आचारसंहिता कार्यान्वयनमा आयोग दण्डात्मक बाटोमा : आयुक्त डा तुलाधर « Khabarhub

आचारसंहिता कार्यान्वयनमा आयोग दण्डात्मक बाटोमा : आयुक्त डा तुलाधर


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि जारी गरिएको आचारसंहिता कार्यान्वयन गराउन आयोग दण्डात्मकतर्फ अघि बढेको निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले बताएकी छन् ।

निर्वाचनको तयारीका सम्बन्धमा आज नुवाकोटमा अनुगमनका लागि आएका आयुक्त डा तुलाधरले आयोगमा हालसम्म आचारसंहिता उल्लङ्घनका २८ वटा उजुरी परेकामा त्यसमध्ये ११ जनालाई जरिवाना तिराएको जानकारी दिइन् ।

‘आचारसंहिता उल्लङ्घनका घटनाको उजुरीमा स्पष्टीकरण सोधेर के भएको रहेछ भनेर बुझ्ने काम गरिन्छ’, उनले भनिन् , ‘चित्तबुझ्दो जवाफ नपाएमा कारबाही गरिने भएकाले यस निर्वाचनमा ११ जनालाई जरिवाना तिराउँदै निर्वाचनलाई निष्पक्ष बनाउन आयोग आचारसंहिता कार्यान्वयनमा कडा रूपमा प्रस्तुत भएको छ ।’

आजदेखि सुरु भएको स्थिर समय ९मौन अवधि०मा आचारसंहिता उल्लङ्घनको घटना वृद्धि हुनसक्ने भएकाले त्यसतर्फ आयोग थप चनाखो भएको उनको भनाइ छ । आचारसंहिता उल्लङ्घनको घटना रोक्नदेखि निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि सहयोग पु¥याउन आयुक्त डा तुलाधरले सञ्चारकर्मीलाई आग्रह गरिन।

आयुक्त डा तुलाधरका अनुसार गत स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मत खसेको थियो । उनले यही आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा ७५ प्रतिशत मतदान हुने लक्ष्य आयोगले लिएको बताइन्।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ०८ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा