भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव मङ्सिर २३ देखि « Khabarhub

भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव मङ्सिर २३ देखि


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा – ‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव हुने भएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर २३ गतेदेखि पुस ४ गतेसम्म मेला हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरूको उपभोगप्रति उपभोक्ताहरूलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरू बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरूलाई जानकारी दिन मेलाको आयोजना गरिएको बताए । यसका साथै वर्तमान आर्थिक तरलताको अवस्थामा आर्थिक गतिविधि बढाउने पनि मेलाको उद्देश्य रहेको न्यौपानेको भनाइ छ ।

विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरूले भाग लिने लुम्बिनी महोत्सव, २०७९ मा दुई सय ५० स्टल रहने छन् । मेलामा आउने दर्शकलाई लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरूमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने न्यौपानेले बताए ।

‘महोत्सवबाट आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा वृद्घि हुने तथा भारतीय सीमावर्ती सहरबाट पनि सहभागिता हुने अपेक्षा रहेको छ’, मेला आयोजक मूल समितिका संयोजकसमेत रहेका न्यौपानेले भने, ‘यसले पर्यटन प्रवद्र्धन एवं आर्थिक गतिविधिहरू चलायमान हुने विश्वास लिइएको छ ।’

सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले उपभोक्ता र उत्पादक एवं किसानहरूको प्रत्यक्ष भेटघाट हुने महोत्सवबाट यस भेगमा उत्पादित कृषिजन्य वस्तुहरू माछा तथा यस क्षेत्रका कुटिर, घरेलु एवं राष्ट्रियस्तरका उद्योगहरूबाट उत्पादित उत्पादनहरूको विशेष प्रस्तुतीकरण गरिने जानकारी दिए।

करिब दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिब रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको श्रेष्ठले बताए । यसले महोत्सबाट थप अर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ ।

विसं २०६१ देखि दुई वर्षको अन्तरालमा उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहवामा लुम्बिनी पर्यटन महोत्सव हुँदै आएको छ । भूकम्प, मधेस आन्दोलन तथा गत वर्ष कोभिडका कारण निरन्तरता दिन नसकिए पनि अबका दिनमा यसलाई निरन्तरता दिने सङ्घका अध्यक्ष न्यौपानेले बताए ।

भैरहवाको अञ्चलपुरमा सञ्चालन गरिने मेलाको प्रवेश शुल्क रु ५० तोकिएको छ । विद्यार्थीसँग रु ३० मात्र शुल्क लिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ४३ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा