मनाङमा दुई दिन पैदलपछि मतदान केन्द्रमा कर्मचारी « Khabarhub

मनाङमा दुई दिन पैदलपछि मतदान केन्द्रमा कर्मचारी


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने समय नजिकिए सँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् ।

बुधबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी बिहिवार राती मतदान केन्द्रमा पुगेका हुन् । प्रतिनिधि सभातर्फ एउटा निर्वाचन र प्रदेश सभातर्फ २ निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार मनाङको नार्पाभुमी गाउँपालिकाको ५ वटा मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी पुगेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि मनाङमा दुई सय कर्मचारी र ६ सय ८७ सुरक्षाकर्मी खटिएका छन् । एउटा मात्रै प्रतिनिधिसभा र दुईवटा प्रदेश सभा रहेको यस मनाङमा ६ हजार सात सय ७९ मतदाता छन्।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : १३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको