आचारसंहिता उल्लङ्घन गर्ने छ सञ्चारमाध्यमले गरे भूलसुधार « Khabarhub

आचारसंहिता उल्लङ्घन गर्ने छ सञ्चारमाध्यमले गरे भूलसुधार


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्थिर समयमा ३० सञ्चारमाध्यमबाट आचारसंहिता उल्लङ्घन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

स्थिर अवधि सुरु भएको समय गएराति १२ बजेदेखि शुक्रबार अपराह्नसम्म आचारसंहिता उल्लङ्घन गरेकामध्ये छ सञ्चारमाध्यमले भूलसुधारसमेत गरेका छन् ।

प्रेस काउन्सिल नेपालले आज जारी गरेको विज्ञप्तिअनुसार दुईवटा रेडियो, ११ वटा पत्रपत्रिका, १६ वटा अनलाइन सञ्चारमाध्यम र एक वेबपोर्टलबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको हो ।

काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्ने छापा माध्यमलाई स्पष्टीकरण माग गरी त्यस्ता सामग्रीको पुनरावृत्ति नगराउनेतर्फ सजग गराएको छ । यस्तै रेडियो र टेलिभिजनलाई क्षमायाचनासहित भूलसुधार गर्न र उक्त सामग्री पुनः प्रसारण नगर्न÷नगराउन भनेको छ । अनलाइन सञ्चारमाध्यमको हकमा तत्काल हटाई काउन्सिललाई जानकारी गराउन निर्देशन दिइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलको निर्देशनपश्चात् छ वटा सञ्चारमाध्यमले क्षमायाचनासहित सामग्री हटाई आगामी दिनमा आचारसंहिता पालनामा थप सजगता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मतदान सम्पन्न हुन अझै ४८ घण्टा बाँकी रहेको भन्दै काउन्सिलले राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार सामग्री सम्प्रेषण नगर्न÷नगराउन एवं आचारसंहिता पालनामा अझ संवेदनशील हुन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई अपिल गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १० : ५५ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद