आचारसंहिता उल्लङ्घन गर्ने छ सञ्चारमाध्यमले गरे भूलसुधार | Khabarhub Khabarhub

आचारसंहिता उल्लङ्घन गर्ने छ सञ्चारमाध्यमले गरे भूलसुधार


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्थिर समयमा ३० सञ्चारमाध्यमबाट आचारसंहिता उल्लङ्घन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

स्थिर अवधि सुरु भएको समय गएराति १२ बजेदेखि शुक्रबार अपराह्नसम्म आचारसंहिता उल्लङ्घन गरेकामध्ये छ सञ्चारमाध्यमले भूलसुधारसमेत गरेका छन् ।

प्रेस काउन्सिल नेपालले आज जारी गरेको विज्ञप्तिअनुसार दुईवटा रेडियो, ११ वटा पत्रपत्रिका, १६ वटा अनलाइन सञ्चारमाध्यम र एक वेबपोर्टलबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको हो ।

काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्ने छापा माध्यमलाई स्पष्टीकरण माग गरी त्यस्ता सामग्रीको पुनरावृत्ति नगराउनेतर्फ सजग गराएको छ । यस्तै रेडियो र टेलिभिजनलाई क्षमायाचनासहित भूलसुधार गर्न र उक्त सामग्री पुनः प्रसारण नगर्न÷नगराउन भनेको छ । अनलाइन सञ्चारमाध्यमको हकमा तत्काल हटाई काउन्सिललाई जानकारी गराउन निर्देशन दिइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलको निर्देशनपश्चात् छ वटा सञ्चारमाध्यमले क्षमायाचनासहित सामग्री हटाई आगामी दिनमा आचारसंहिता पालनामा थप सजगता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मतदान सम्पन्न हुन अझै ४८ घण्टा बाँकी रहेको भन्दै काउन्सिलले राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार सामग्री सम्प्रेषण नगर्न÷नगराउन एवं आचारसंहिता पालनामा अझ संवेदनशील हुन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई अपिल गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १० : ५५ बजे

बहस : अब बदल्नैपर्छ निर्वाचन प्रणाली

नेपालमा राणा शासनको इतिहास खोतल्दै जाँदा ‘राणा शासन’का ऐतिहासिक पानासम्मै

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं– नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

जर्मन बुन्डेसलिगा : बायर लेभरकुजेनको फराकिलो जित

काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बायर लेभरकुजेनले फराकिलो जित निकालेको छ

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, सरकारबाट बाहिरिने तयारी

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ

आईपिएलको यो सिजनमा कसले कति छक्का प्रहार गरे ?

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपिएल जारी छ। प्लेअफ लडाइँ