एमाले उम्मेदवार पक्राउ प्रकरण : निर्वाचन अनुगमन समितिले छानबिन गर्ने « Khabarhub

एमाले उम्मेदवार पक्राउ प्रकरण : निर्वाचन अनुगमन समितिले छानबिन गर्ने


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मौन अवधिमा मतदातालाई पैसा बाडेको आरोपमा नेकपा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ परेको घटनालाई जिल्ला निर्वाचन अनुगमन समितिले छानबिन गर्ने भएको छ । उक्त घटनाको छानबिनका लागि निर्वाचन अनुगमन समितिलाई बोलाएको प्रहरीले जनाएको हो ।

मतदातालाई पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरूलाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ ।

उनीहरू पक्राउ परेपछि अन्य दलका कार्यकर्ताहरुले उनीहरुको उम्मेदवारी खारेजीको माग गर्दै प्रदर्शन समेत गरेका थिए । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार दीपक निरौला पक्राउ

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : २३ बजे

अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदै

काठमाडौँ– विश्वका विभिन्न देशमा आज जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

धनुषामा बस दुर्घटना, १७ जना घाइते

धनुषा– पूर्व–पश्चिम सडकखण्डअन्तर्गत धनुषाको मिथिला नगरपालिका– ९ फुटबल ग्राउण्ड नजिक

एसईईको नतिजा निकाल्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ परिणाम

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र

प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच

काठमाडौँ– काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु