विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सको भिडन्त | Khabarhub Khabarhub

विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सको भिडन्त


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।

मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा भेट पक्का गरेका हुन्। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको रुपमा हेरिएको छ।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ गरेर दुई पटक विश्वकपको उपाधि उचालेको छ। सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगेर अर्जेन्टिना घर फर्किएको थियो। दुई पटक उपाधि उचालेको अर्जेन्टिनाले पाँच पटक विश्वकपको फाइनल खेलेको छ।

छैटौं पटक फाइनल खेल्न पुगेको अर्जेन्टिना कप्तान लियोनल मेस्सीको नेतृत्वमा विश्वकप उपाधि उचालेर विश्व फुटबलमा आफ्नो नाम लेखाउन चाहन्छ। उमेरका कारण मेस्सीले अर्को विश्वकप खेल्ने वा नखेल्ने टुंगो नभएकाले पनि अर्जेन्टिनालाई यो विश्वकप जित्नैपर्ने दबाब छ। तर उपाधिका लागि अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्नुपर्नेछ।

मोरोक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उपाधि उचाल्ने दाउमा छ।

सन् १९९८ र २०१८ विश्वकप उपाधि उचालेको फ्रान्स सन् २००६ मा भएको विश्वप फाइनलमा इटालीसँग पराजित भएको थियो। फ्रान्सले अर्जेन्टिनालाई पराजित गर्दै लगातार विश्वकप उपाधि उचालेको रेकर्ड बनाउने सपना बनाएको छ।

अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फुटबल फाइनल आइतबार राति ८:४५ बजे लुसिल स्टेडियममा हुनेछ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मोरोक्कोलाई २-१ गोल अन्तले पराजित गर्दै क्रोएसियाले उपाधि जितेको छ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : २४ बजे

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि

कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

लमजुङ– लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको

हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, करोडौंको क्षति

उदयपुर– आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको