‘जीवन विज्ञान संस्कार जोगाउने ज्ञान हो’ | Khabarhub Khabarhub

‘जीवन विज्ञान संस्कार जोगाउने ज्ञान हो’

एलपी भानु शर्मासँग असल र सफल जीवन वार्ता


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एउटा व्यक्तिको जीवन यथार्थपरक बनाउन उ भित्र भएको साधना, दिव्य ज्ञान, चेतनालाई सम्मानमुखी बनाउन विभिन्न पक्षले साथ दिनुपर्छ। एउटा असल जीवन दिन एउटा व्यक्तिले कुन कुन कुरामा ध्यान दिनु आवश्यक छ ? अनुशासनको पालना कसरी गर्नुपर्छ ? जीवनलाई भौतिक दुनियाँबाट कसरी आध्यात्मतर्फ मोड्न सकिन्छ ? यिनै विषयमा आधारित भएर जीवन र विज्ञान विषयक प्रशिक्षक एलपी भानु शर्मासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

जीवनमा विज्ञान कसरी जोडिएर आएको हुन्छ ?
विज्ञान भनेको हरेक विषयको प्रामाणिक ज्ञान हो। जसले प्रयोग गरे पनि उही परिणाम आउँछ। जीवन भनेको हामी भित्रको सम्भावना हो। त्यो सम्भावनालाई साकार गर्ने विधि विज्ञान हो। जीवन विज्ञान यो भौतिक विज्ञान जस्तो दुई सय वर्ष पुरानो होइन। यो त दशौँ हजारौँ वर्ष पुरानो हो।

एउटा व्यक्तिमा चेतनाको विकास उमेर अनुसार हुने हो ?
विभिन्न तीन वटा विषयमा यो भर पर्दछ। एउटा जो व्यक्ति जन्मिदा जस्तो संस्कार लिएर आएको हुन्छ त्यो हो। अर्को पछि गएर उसले वरिपरिको कस्तो वातावरण पाउँछ त्यसमा पनि भर पर्दछ। त्यसमा उसको शिक्षा कस्तो छ, साथीसँगको सङ्गत कस्तो छ त्यसमा पनि भर पर्दछ। नयाँ काम गर्ने जाँगर र चेतना कस्तो हो ? यो विषयले पनि फरक पर्छ। पहिलो र दोस्रोलाई संस्कार वा दैव भनिन्छ। तर तेस्रो कुरा व्यक्तिको हातमा भएको चेतना हो ?

अलौकिक शक्तिको निर्माण एउटा व्यक्तिले कसरी प्राप्त गर्नसक्छ, राम्रो संस्कारमा जन्मेको मान्छे पनि खराब हुने र खराब संस्कारमा हुर्केको मान्छे पनि राम्रो भएको छ ?
व्यक्तिले चाहना राख्यो भने तेस्रो स्तम्भ अपनाउन सक्छ। अलौकिक शक्तिको कुरा गर्दा संसारका हरेक कुराहरू अलौकिक छन्। त्यो शक्तिलाई हेर्ने नजर हुनु पर्दछ। कसले आफ्नो जीवनलाई कसरी सोच्छ भन्ने हुन्छ। म एउटा आध्यात्मिक व्यक्ति हुँ। म भौतिक शरीरमा खिइएको छु सोच्छ भने विस्तारै अलौकिक शक्ति देख्छ। भौतिक भित्र लुकेको जुन अभौतिक छ। त्यो हामीले देख्न सक्दैनौ त्यसको लागि तालिम लिनु पर्दछ। जस्तो खोर्सानी देखिन्छ। तर त्यसको गुण थाहा पाउन ग्रहण नै गर्नु पर्दछ। पानी चिसो कि तातो छ भन्ने कुरा छामेर हेर्नु पर्दछ।

आफूलाई कस्तो गुण चाहिएको छ, भनेर के ले निर्धारण गरेको छ ?
त्यो व्यक्तिको रोजाइमा भर पर्दछ। आफूलाई निहालेर हेर्ने हो भने आफू भित्र नै ब्रह्माण्ड देखिन्छ। त्यो नै ध्यानको विज्ञान हो। त्यसले नै मनमा एक प्रकारको शान्ति छाउँछ, हिंसाको भावना नै आउँदैन। जुन दिनदेखि व्यक्तिले ध्यानको माध्यमबाट आफूलाई देख्ने छन् त्यस दिनदेखि युद्ध, होडबाजी, वैमनष्य स्वतः कम हुँदै जाने छन्।

एउटा साधनाको आवश्यकता कति बेला पर्छ ?
हामीले जन्म पश्चात् हिँड्न सिकेको पनि साधना हो। नेपालीमा भन्दा साधना भनेको एउटा अभ्यास हो। बारबार झुटो बोल्ने बानी छ भने त्यो पनि एउटा साधना हो। व्यक्तिले नयाँ सोच र चाहना राख्यो भने उसलाई कसैले पनि रोक्न सक्दैन।

अहिलेको समाज छलकपटको हो भन्छन्, यो के कारणले भएको हो ?
त्यो पनि व्यक्तिले निर्णय गर्ने धारण हो। समाज निर्माण गर्ने त हामी नै हो। नेतृत्वमा भएको मान्छेलाई पनि नेतृत्व समाल्न त हामीले नै दिएको हो। आध्यात्ममा जहिले पनि परिवर्तन गर्ने हो भने आफैले सुरु गर्ने हो।

छल गरेर व्यक्ति सफल भयो भने के भन्ने ?
वैज्ञानिकको भन्दा आतङ्ककारीको बुद्धि धेरै हुन्छ। तर त्यो बुद्धि उसले सही ठाउँमा प्रयोग गर्न सकेन। किनभने छल गर्न उसले धेरै उपाय र धेरै सोचेको हुन्छ। हामीले अरूले के गर्छ त्यो मा ध्यान नदिएर आफ्नो र आफ्नो बच्चालाई सही शिक्षा दिएको छौ कि छैनौँ ? त्यो विषयमा ध्यान दिनुपर्छ। प्रजातन्त्र त हाम्रोमा आइसक्यो त्यसमा अब राजनीतिक परिवर्तन, शिक्षाको परिवर्तन त हामीले गर्ने हो।

अहिलेको समाज रमाइलो, रसिलो र सजिलोतर्फ गयो, युग साधनामा लगनशील, मेहनत र समय चाहिन्छ त्यसको व्यवस्थापन हामी कसरी गर्न सक्छौँ ?
मनुष्यको चेतना निरन्तर बढिरहेको छ। अहिलेका बच्चा सानैमा कति टाठाबाठा भएका छन्। जीवनमा जुनसुकै काम गर्न अनुशासन चाहिन्छ। व्यवहारिक जीवनमा सफल हुन हाम्रो लागि भौतिक र अलौकिक संसार अलग अलग छैन। हामीले जस्तो चाहायो मन त्यस्तै बन्छ र मनले जस्तो चाहना राख्यो संसार त्यस्तै हुन्छ।

मनमा धेरै कुरा खेल्दा कसरी साधनामा बस्ने, कुन समयमा योग गर्ने ?
विश्वमा आजको दिनमा ११.५ प्रतिशत व्यक्ति योगा गर्छन्। आठ प्रतिशतले कुनै न कुनै ध्यानको अभ्यास गर्दछन्। अब योग र आध्यात्ममा धेरैको रुचि बनेको छ। रसिया र युक्रेनका मान्छेलाई हामीले योग सिकाउन सकेको भए यो युद्धको अवस्था नै आउने थिएन। साधना गर्नु पर्यो भने समय भनेको हामीले खानाको लागि जसरी समय छुट्याउछौँ, त्यसरी नै छुट्टाउने हो। साधना भनेको मनलाई सफा बनाउँछु भन्ने हो। साधना गर्न सकेसम्म बिहानको समय अत्यन्तै राम्रो हो। शरीर, मन, भावना, चेतनाको स्वास्थ्य सुनिश्चित गर्नु छ भने जीवन विज्ञानको साधना पद्धतिले नै गर्छ। स्वस्थ शरीर, मन शान्त र प्रशन्नसँगै भावना सकारात्मक भएको व्यक्तिको आध्यात्मिक चेतना बढ्छ।

एउटा शून्यमा रहेको व्यक्तिले कसरी आफूलाई प्रारम्भबाट साधनामा सहभागी गराउन सक्छ ?
चार प्रकारका व्यक्ति यो बाटोमा हिँड्न सक्छन्। पहिलो दुःखी, जिज्ञासु, केही प्राप्त गर्ने सोचमा रहेका व्यक्तिले साधना गर्छन्। यो प्राप्त गर्न भनेको युट्युबबाट, जुमबाट अनलाइनबाट पनि सकिन्छ। जीवन विज्ञान चाबहिलमा आएर त्यहाँ को कार्यक्रममा भाग लिएर पनि जोडिन सकिन्छ। टेलिभिजनबाट पनि नम्बरहरू लिएर सम्पर्क गर्न सकिन्छ।

साधना धेरैले गर्छन्। तर किन यो युगमा गौतम बुद्ध जस्ता व्यक्तिको कमी भयो ?
अन्धकार नभएको भए बत्तिनै बालिँदैनथ्यो। सायदै बत्तीको निर्माण हुँदैनथ्यो। त्यसैले त्यो सकारात्मक चेतना जन्माउने काम हामीले गर्ने हो हामीले जन्माउने हो।

अहिले हामी खाने खानालाई नयाँ तरिकाले खान खोजेको छौँ। यो कुरा युग र साधनासँग कत्तिको जोडिएको छ ?
हामीले आफैंसँग के छ त्यो हेरेनौं। हामीले आधुनिकतालाई त्यागेर हिँडेका छौं। हाम्रा पुर्खा एकदमै आदर्शवान तरिकाबाट आएका हुन् । भगवान् रामले मैले सपनामा पनि झुट बोलेको छैन भन्नुभयो, अर्जुनले एक पटकमा पाँच सय वटा तिर एकै पटक प्रहार गर्थे। उनी त्यसमा एकदमै दक्ष थिए। हामी त्यस्तो उज्यालो र दक्ष पृष्ठभूमिबाट आएका हौँ। त्यसैले बाहिर बनेका खानेकुरा कहिलेकाही खानु राम्रो हो। तर हामीले हाम्रो संस्कार चालचलन के हो त्यो सम्झिनु पर्दछ। त्यसैले जीवन विज्ञान हाम्रो संस्कारलाई जोगाउने आध्यात्मिक ज्ञान हो। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)

-प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : ४७ बजे

ट्रपमाथि गोली प्रहारपछि वाइडेनको सम्बोधन : राजनीतिक शक्तिबिच तनाव आवश्यक छैन

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिका बासीलाई सम्बोधन

त्रिशूलीमा हराएकाको खोजी आज पनि जारी, भारत र बंगलादेशसँग सहयोग माग

काठमाडौँ– गत शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको

‘के घर के डेरा’को सिक्वेलमा दोहोरिएलान् त कलाकार ?

काठमाडौँ– फिल्म ‘के घर के डेरा’को दोस्रो शृङ्खला ‘घर नम्बर

सीमा सुरक्षालाई प्राथमिकता दिन निर्देशन

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारीसहित  चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल

पुल बनेपछि कालीगण्डकी वारपार गर्न सहज

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी