जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते हुनुभएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : ४४ बजे

काठमाडौंको तापक्रम घट्यो

काठमाडौं– काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ ।

‘जन नायकन’ ट्रेलरमा एआई प्रयोगको आरोप, सामाजिक सञ्जालमा चर्को विवाद

काठमाडौं– दक्षिण भारतीय चलचित्रका सुपरस्टार थलापथी विजयको आगामी तथा करियरको

प्रहरीलाई  स्थानीय भाषाको ज्ञान नहुँदा समस्या

मुस्ताङ– यहाँस्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी इकाई कार्यालय

किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीयबजार

चौतारा– सिन्धुपाल्चोकको हेलम्बु  गाउँपालिका–३ स्थित  पाल्चोक मन्दिरमा सुरुआत गरिएको स्थानीय

कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम

कर्णाली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशबाट