प्रधानमन्त्री देउवाद्वारा सुन्दरीजलमा पूर्वप्रधानमन्त्री भट्टराईको शालिक अनावरण | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाद्वारा सुन्दरीजलमा पूर्वप्रधानमन्त्री भट्टराईको शालिक अनावरण


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् ।

विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पना गरेका थिए । सन्त नेता भट्टराईले देखेको सपना राजधानीवासीले मेलम्चीको पानी पाएसँगै साकार भएको भन्दै खानेपानी मन्त्रालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा उहाँको पूर्णकदको सालिक निर्माण गरेको हो ।

शालिक अनावरण कार्यक्रममा प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए । विसं २०७७ मै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु भएकामा २०७८ असार १ गतेको बाढीले पु¥याएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनःसुरु भएको उनले बताए । अब काठमाडौंँ उपत्यकावासीलाई सधैँ पानी वितरण गर्नसक्नेगरी आवश्यक तयारी गरिने प्रधानमन्त्री देउवाले बताए ।

“राजधानीवासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकामा खुसी लागेको छ, खानेपानी र सरसफाइ महत्वपूर्ण भएकाले संविधानको मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा हक स्थापित गरिएको छ, त्यसअनुसार सबै नेपालीलाई स्वच्छ खानेपानी खुवाउन सरकार लागिपरेको छ, वर्षभर राजधानीवासीलाई मेलम्चीको पानी खुवाउन के गर्न सकिन्छ भनेर सरकारले अध्ययन गरिरहेको छ”, उनले भने ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने स्थानीयवासीसँग शुल्क उठाएको भनी जनप्रतिनिधिले गरेको गुनासो सम्बोधनका लागि आजै निर्देशन दिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता थियो । वडा नं १ का चार वटा गाउँ निकुञ्जभित्र छ । ती गाउँमा जाने स्थानीयवासी, आफन्तसँग निकुञ्ज कार्यालय शुल्क लिँदै आएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ३ : १६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका