कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा कि गगन थापा ? « Khabarhub

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा कि गगन थापा ?


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ । सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा गठिन समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् । समितिको बैठकले दलको नेता छान्न निर्वाचनको मिति तोक्नेछ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले भनेका थिए– ‘बुधबारसम्म संसदीय दलको नेताका लागि चुनाव हुन्छ ।’ आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन सम्पन्न गर्न समिति गठन गरेसँगै अब कांग्रेसमा दलको नेता को बन्ला भन्ने चासो बढेको छ । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्री हुने उल्लेख छ ।

अहिलेसम्म कांग्रेसमा दलको नेताका आकांक्षीमा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री थापा मात्र देखिएका छन् । नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री बन्ने इच्छा राखेपनि दलको नेताका विषयमा केही बोलेका छैनन् । त्यसैले चुनाव हुने दिनसम्म कोइरालाले कसलाई समर्थन गर्लान् भन्ने चासो देखिएको छ । संस्थापन इतर समूहमा कोइराला र महामन्त्री थापामध्ये एकजनालाई दलको नेता बनाउने प्रयास भइरहेको छ । तर, कोइरालाले आगामी महाधिवेशनमा सभापतिको चाहना राखेकाले यसपटक उनी दलको नेतामा नउठ्ने बताइन्छ । तर उनले महामन्त्री थापालाई समर्थन गर्ने कि नगर्ने भन्ने खुलिसकेको छैन ।

स्रोतका अनुसार कोइरालालाई प्रधानमन्त्री देउवाले नयाँ सरकारमा परराष्ट्रमन्त्रीको अफर गरेका छन् । सोही कारण उनी यसपटक दलको नेतामा देउवातिर खुल्ने सम्भावना धेरै रहेको नेताहरूको अनुमान छ । गत वर्ष सम्पन्न महाधिवेशनमा कोइराला र थापा एउटै समूहबाट चुनावमा गएका थिए । कोइराला सभापतिमा पराजित भए भने थापा महामन्त्रीमा अत्यधिक मतका साथ विजयी भएका थिए ।

यदि कोइरालाले थापालाई समर्थन नगरे कांग्रेस संसदीय दलको नेतामा देउवा नै भारी बहुमतका साथ विजयी हुने अनुमान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकारको दाबी गर्न १० पुससम्मको समय दिएकी छन् ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : ५२ बजे

भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदै

काठमाडौं– भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी