आगामी शुक्रबारदेखि मनकामना मन्दिर जान नपाइने « Khabarhub

आगामी शुक्रबारदेखि मनकामना मन्दिर जान नपाइने


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ ।

देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिरमा भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए।

समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनको भनाइ छ । ‘कोरोना सङ्क्रमणदर दिनानुदिन बढ्दो छ’, अध्यक्ष जोशीले भने, ‘मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड हुने भएकाले सङ्क्रमण झनै फैलनसक्ने जोखिमपछि सर्वसाधारणका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको हो ।’

उनले माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको जानकारी दिए। बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने अध्यक्ष जोशीले बताए । ‘शुक्रबारदेखि मन्दिर आउने जोकोहीले मन्दिर बाहिर रहेको बारबाट मन्दिरमा रहेका सहयोगीमार्फत मात्र पूजाआजा गर्न पाउँछन्।’, उनले भने, “मन्दिरभित्र पसेर भने पूजा गर्न पूर्णरूपमा रोक लगाइनेछ ।’

मनकामना मन्दिरमा अहिले पनि दैनिकरूपमा पाँच हजारभन्दा बढी भक्तजन मन्दिरमा दर्शनका लागि पुग्ने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले बताए।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : १० बजे

सुकुम्बासी बस्ती : घरमा डोजर चल्यो, झरीले भिजायो जोगाएका लत्ताकपडा

काठमाडौँ – घरटहरा भत्काइएपछि काठमाडौँ महानगरपालिका–९ गैरीगाउँ–सिनामङ्गलका सुकुम्वासीलाई झरीले झनै

लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा

बिपी राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक – शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम – यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर