विश्वको पर्यटन सामान्य अवस्थामा फर्किन २ वर्ष लाग्छ : राष्ट्रसंघ « Khabarhub

विश्वको पर्यटन सामान्य अवस्थामा फर्किन २ वर्ष लाग्छ : राष्ट्रसंघ


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ ।

राष्ट्रसंघीय विश्व पर्यटन ब्यारोमिटरका अनुसार छिट्टै सर्ने ओमिक्रोन भेरियन्टका कारण पर्यटनका गतिविधि पहिल्यैको अवस्थामा फर्किन कम्तिमा दुई वर्ष लाग्ने जनाएको हो ।

सन् २०२० मा पर्यटनबाट प्राप्त हुने राजस्व पहिलेको वर्षको तुलनामा ७२ वर्षले कटौती भएको थियो । कोभिड महामारीको सुरुवातसँगै विश्वको पर्यटन गतिविधि ठप्प रहेको थियो ।

‘महामारीका कारण विभिन्न यात्रा प्रतिबन्ध, लकडाउन, विकासन्मुख देशमा खोप पहुँचमा ढिलाई र यात्रुहरुमा घट्दो आत्मविश्वासका कारण पर्यटन गतिविधि विश्वव्यापी रुपमा नै सुस्त छ,’ युएनडब्लूटीओले एक प्रेस विज्ञप्तिमा भनेको छ ।

सन् २०२१ को अन्ततिर पर्यटकहरुको चहलपहल तुलनात्मक रुपमा केही बढेको छ । गत वर्ष युरोप र अमेरिकामा क्रमशः १९ र १७ प्रतिशतले पर्यटक बढेका थिए । तर, मध्यपूर्वमा भने २४ प्रतिशतले घटेका थिए ।

एसिया प्रसान्त क्षेत्रमा सन् २०२० मा ६५ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : ४५ बजे

इटलीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतको बिहीबारको खेलमा इटलीविरुद्ध नेपालले

नेपाल-इटालीको खेल : तीनकुनेमा कुमा सागरको सांगीतिक कार्यक्रम

काठमाडौं–  मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालको खेल र इटालीको हुनु अगाडि

आगामी संसद्‌मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन

झापा–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख– यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल सस्तैमा आउट

काठमाडौं- आईससी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र