गठबन्धन बैठक : निर्वाचनसम्मै सहकार्य, बेथितिविरुद्ध भण्डाफोर « Khabarhub

गठबन्धन बैठक : निर्वाचनसम्मै सहकार्य, बेथितिविरुद्ध भण्डाफोर


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा- सत्ता साझेदार दलको बैठकले ओखलढुंगामा गठबन्धन प्रभावकारी बनाउन एकजुट हुने निर्णय गरेको छ ।

सत्तारुढ दलहरूका जिल्लास्थित प्रमुख नेताहरू सहभागी बैठकले माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने, विकासका योजनामा भएका आर्थिक अनियमितता र बेथितिविरुद्ध भण्डाफोर अभियान संयुक्त रूपमा चलाउने भएको हो ।

गठबन्धनलाई स्थायी र दिगो बनाउँदै निर्वाचनसम्मै गठबन्धन कायम राखेर विकास निर्माणका काममा सहकार्य गर्ने बैठकले निर्णय गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्लेले जानकारी दिए ।

नेपाली कांग्रेसको जिल्ला कार्यालयमा भएको बैठकमा कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनाल, उपसभापति कमल तामाङ, सचिव अजय लुइँटेल, नेकपा माओवादी केन्द्रका नेता निशान्त शर्मा र गुणकुमार राई, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्ले, जनता समाजवादीका धीरेन्द्र रुम्दाली र खेमराज खड्का, राष्ट्रिय जनमोर्चाका धनराम श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।

बैठकमा एमाले सरकारमा हुँदा बजेट परेका योजनामा अहिले व्यापक भ्रष्टाचार भएको, सांसदहरूको संरक्षणमा योजनामा कमिसन असुल्ने काम भइरहेको गुनासा आएकाले प्रभावकारी अनुगमन तथा भण्डाफोर अभियान चलाउने विषयमा छलफल केन्द्रित भएको नेकपा माओवादीका प्रदेश सदस्य निशान्त शर्माले बताए ।

स्थानीय तह र प्रदेश कार्यालयबाट भएका काममा अनियमितता भएको चौतर्फी गुनासो आएको अनियमितता मा जनप्रतिनिधि नै मुछिएको विषयमा आगामी बैठकमा थप छलफल हुने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ५ : ५८ बजे

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन