कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी अवस्थामा रहन जुम्ला प्रशासनको निर्देशन | Khabarhub Khabarhub

कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी अवस्थामा रहन जुम्ला प्रशासनको निर्देशन


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कोरोना भाइरसको तेस्रो लहरसँग लड्न तयारी अवस्थामा रहन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ । कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन थालेको भन्दै जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको टोलीले निर्देशन दिएको हो ।

जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन थालेकाले प्रतिष्ठानलाई तयारी अवस्थामा रहन निर्देशन दिएकी हुन् ।

कोरोनाको तेस्रो लहर भारतलगायत नेपालमा पनि तीव्र गतिमा फैलिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका स्वास्थ्य संस्थालाई निर्देशन दिएकाले सोही निर्देशन अनुरूप आफूले प्रतिष्ठानका कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताएकी छन् ।

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै प्रतिष्ठानलाई तयारी अवस्थामा रहन अनुरोध गरेका हुन् ।

प्रतिष्ठानमा रहेको अक्सिजन, आइसोलेसनको अवस्थाको बारेमा जानकारी दिन भनेका छन् । त्यस्तै प्रहरी राष्ट्रिय अनुसन्धान कार्यालय जुम्लाका डिएसपी राजकुमार न्यौपानेले तेस्रो लहरले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रतिष्ठानलगायत जिल्लाका सरोकारवालाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक राजीव शाहले कोरोनाको तेस्रो लहरसँग जुध्नको लागि प्रतिष्ठान तयारी अवस्थामा रहेको बताएका छन् । प्रतिष्ठानका १ सय २० वटा आइसोलेसन बेड तयारी रहेको उनले बताएका छन् ।

त्यस्तै आइसियु बेड पनि तयारी अवस्थामा रहेको शाहले बताए । प्रतिष्ठानमा पीसीआर किटको अभाव रहेको उनले बताएका छन् । त्यसको लागि सम्बन्धित ठाउँमा माग गरेको उनले बताएका छन् । जुम्लामा आठ जना कोरोना संक्रमित छन् ।

जिल्ला प्रशासन र जिल्ला समन्वय समितिले कोरोनाको तेस्रो लहर संक्रमाण कम गर्नका लागी जुम्लाको ऐपोर्टमा हेल्थ डेक्स राख्ने निर्णय गरिएको छ । उक्त हेल्थ डेक्स सञ्चालनका लागि ऐर्पोड, चन्दननाथ नगरपालिका जनस्वास्थ्य सेवा र कर्णाली प्रतिष्ठानसँगको सहयोगमा राखिने छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ६ : ४३ बजे

रसुवा बाढीबारे गृहमन्त्रीले भने- क्षति भएका संरचनाको छिटै पुन:निर्माण सुरु हुन्छ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण

गुटखा खाने प्रहरी सेवाबाटै बर्खास्त हुन सक्ने

काठमाडौं– पाकिस्तानको तेस्रो ठूलो प्रदेश सिन्धमा गुट्खा सेवन गर्ने लत

गोरखाको विकटको पालिकामा टेलिमेडिसिन सेवा

गोरखा– विकट मानिने गोरखाको धार्चे गाउँपालिकामा श्रश्यदृश्यका माध्यमबाट स्वास्थ्य उपचार गरिने

यस्ता छन् उपमेयर डंगोलले सार्वजनिक गरेको महानगरको बजेटका उद्धेश्य

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ७३ लाखको बजेट

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याएको