खानेकुरा खेर जानबाट कसरी बचाउने ? « Khabarhub

खानेकुरा खेर जानबाट कसरी बचाउने ?


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हाम्रो भान्सामा दैनिक धेरै खानेकुरा खेर गइरहेको हुन्छन् । सागसब्जी, फलफूल, खाना खेर जाँदा कुहिएर नष्ट हुन्छ । यसरी एकातिर खाद्यान्न खेर गइरहेको छ भने अर्कोतिर भोकमरीको समस्या पनि बढिरहेको छ । यस्तोमा सानो प्रयासले पनि खाद्यान्न खेर जानबाट बचाउन सकिन्छ। साथै हाम्रो आर्थिक व्ययभार समेत कम हुन्छ ।

खानेकुरा खेर जानबाट बचाउने उपाय

– पहिलो खानेकुरा खरिद गर्दा त्यति मात्रै खरिद गर्नुहोस्, जति आवश्यक छ । अनावश्यक खानेकुरा खरिद गरेर त्यसलाई नष्ट गर्दा यसले आर्थिक व्ययभार पनि बढ्दै जान्छ ।

– खाना तयार पार्दा निश्चित अनुमान गरेर तयार पार्नुहोस् । धेरै खानेकुरा पकाउनु र त्यसलाई बासी राखेर खानु राम्रो होइन ।

– बासी वा बिग्रन लागेको खानेकुरालाई बैकल्पिक विधिबाट तयार गरेर सेवन गर्नु पर्दछ ।

– भण्डारण गरेको वा पकाइसकेको खानेकुरा नष्ट हुने अवस्था आउनु अघि नै पुन प्रयोग गर्न सकिन्छ ।

– बासी खानेकुरा सडकका कुकुर, गाईबस्तु वा चराचुरुङ्गीलाई दिन सकिन्छ ।

– कुहिएको खानेकुरालाई करेसाबारी वा बगैँचामा राखेर जैविक मल बनाउन सकिन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : ३३ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका