यी ९ कुरामा सधैँ गोपनीयता अपनाउनु पर्दछ « Khabarhub

यी ९ कुरामा सधैँ गोपनीयता अपनाउनु पर्दछ


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दैत्यहरूका गुरु शुक्राचार्य महान् नीतिकार थिए । भगवान् शिवलाई गुरु बनाएर मरेकालाई बचाउने मृत सञ्जीवनी विद्या सिकेका शुक्राचार्यको शिक्षा शुक्रनीतिका रुपमा प्रसिद्ध छ । शुक्रनीतिको एक श्लोकमा ९ वटा यस्ता कुराहरु बताइएका छन् जसलाई हरेक अवस्थामा अथवा हरहालमा लुकाएर राख्नुपर्छ ।

आयुर्वित्तं गृहच्छिद्रं मन्त्रमैथुनभेषजम् ।
दानामानापमानं च नवैतानि सुगोपयेत् ।।

आयु
मानिसले आफ्नो आयुका विषयमा जो कोही व्यक्तिलाई जानकारी दिनुहुँदैन । आयु वा उमेरलाई जति गोप्य राख्न सकियो त्यति नै राम्रो मानिन्छ ।

धनसम्पत्ति
आफ्नो सम्पत्तिको विषयमा जानकारी जति कम मानिसलाई हुन्छ उति राम्रो मानिन्छ । कतिपय गलत मनसायका मानिसले मित्रता गाँसी पछि ठूलो नोक्सानी पुर्‍याउन सक्छन् ।

घरको रहस्य
आफ्नो घरको रहस्य अरुलाई बताउनु हुँदैन । घरको वास्तुदोष तथा अन्य गृहकलह आदि कुरा अरुले थाहा पाए भने त्यसबाट विरोधीले अनुचित लाभ उठाउनसक्ने सम्भावना हुन्छ । अरुलाई बताइयो भने गृहशान्ति गरेको फल पनि प्राप्त हुँदैन ।

मन्त्र
आफूले जुन मन्त्रको जप गरेको छ त्यो कसैलाई पनि बताउनु हुँदैन । जसले पूजापाठ एवं मन्त्रलाई गुप्त राख्न सक्छ उसैलाई आफूले गरेको पुण्यकार्यको फल प्राप्त हुने मान्यता छ ।

मैथुन
मैथुनका विषयमा अरुलाई जानकारी दिनुहुँदैन । दुई व्यक्तिबीचको कुरा तेस्रोले थाहा पायो भने उसले त्यसबाट नाजायज फाइदा उठाउन सक्छ र लाजको विषय बन्न सक्छ ।

दान
दान पुण्यकर्म हो । जो जति गोप्य राख्न सक्यो उति नै फलदायी हुन्छ । अरुबाट प्रशंसा पाउन वा अन्य मानिसका अगाडि देखावटी दान गर्नेहरुको सबै पुण्यकर्म नष्ट हुन्छन् ।

मान
मानसम्मानलाई देखावटी रुपमा अरुसामु दर्शाउनाले आफूप्रति अरुमा घृणाभाव पैदा हुन सक्छ । यस्तो बानीका कारण अरुले आफूसित दूरी कामय राख्न सक्छन् ।

अपमान
आफूमाथि कुनै बखत कसैबाट अपमान भएको छ भने उक्त कुरालाई गुप्त राख्नुपर्छ । यस्तो कुरा अरुले थाहा पाए भने उनीहरुले पनि सम्मान गर्न छाड्छन् ।

औषधि
औषधी वा औषधि गर्ने व्यक्तिका विषयमा शत्रुले थाहा पाए भने उनीहरुले तिनीहरुसँग सम्पर्क गरेर वा मद्दत लिएर आफूलाई हानि पुर्‍याउने कोसिस गर्न सक्छन् । तसर्थ आफूलाई उपचार गर्ने चिकित्सकको जानकारी अरुलाई दिनुहुँदैन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ३१ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा