यी ९ कुरामा सधैँ गोपनीयता अपनाउनु पर्दछ | Khabarhub Khabarhub

यी ९ कुरामा सधैँ गोपनीयता अपनाउनु पर्दछ


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दैत्यहरूका गुरु शुक्राचार्य महान् नीतिकार थिए । भगवान् शिवलाई गुरु बनाएर मरेकालाई बचाउने मृत सञ्जीवनी विद्या सिकेका शुक्राचार्यको शिक्षा शुक्रनीतिका रुपमा प्रसिद्ध छ । शुक्रनीतिको एक श्लोकमा ९ वटा यस्ता कुराहरु बताइएका छन् जसलाई हरेक अवस्थामा अथवा हरहालमा लुकाएर राख्नुपर्छ ।

आयुर्वित्तं गृहच्छिद्रं मन्त्रमैथुनभेषजम् ।
दानामानापमानं च नवैतानि सुगोपयेत् ।।

आयु
मानिसले आफ्नो आयुका विषयमा जो कोही व्यक्तिलाई जानकारी दिनुहुँदैन । आयु वा उमेरलाई जति गोप्य राख्न सकियो त्यति नै राम्रो मानिन्छ ।

धनसम्पत्ति
आफ्नो सम्पत्तिको विषयमा जानकारी जति कम मानिसलाई हुन्छ उति राम्रो मानिन्छ । कतिपय गलत मनसायका मानिसले मित्रता गाँसी पछि ठूलो नोक्सानी पुर्‍याउन सक्छन् ।

घरको रहस्य
आफ्नो घरको रहस्य अरुलाई बताउनु हुँदैन । घरको वास्तुदोष तथा अन्य गृहकलह आदि कुरा अरुले थाहा पाए भने त्यसबाट विरोधीले अनुचित लाभ उठाउनसक्ने सम्भावना हुन्छ । अरुलाई बताइयो भने गृहशान्ति गरेको फल पनि प्राप्त हुँदैन ।

मन्त्र
आफूले जुन मन्त्रको जप गरेको छ त्यो कसैलाई पनि बताउनु हुँदैन । जसले पूजापाठ एवं मन्त्रलाई गुप्त राख्न सक्छ उसैलाई आफूले गरेको पुण्यकार्यको फल प्राप्त हुने मान्यता छ ।

मैथुन
मैथुनका विषयमा अरुलाई जानकारी दिनुहुँदैन । दुई व्यक्तिबीचको कुरा तेस्रोले थाहा पायो भने उसले त्यसबाट नाजायज फाइदा उठाउन सक्छ र लाजको विषय बन्न सक्छ ।

दान
दान पुण्यकर्म हो । जो जति गोप्य राख्न सक्यो उति नै फलदायी हुन्छ । अरुबाट प्रशंसा पाउन वा अन्य मानिसका अगाडि देखावटी दान गर्नेहरुको सबै पुण्यकर्म नष्ट हुन्छन् ।

मान
मानसम्मानलाई देखावटी रुपमा अरुसामु दर्शाउनाले आफूप्रति अरुमा घृणाभाव पैदा हुन सक्छ । यस्तो बानीका कारण अरुले आफूसित दूरी कामय राख्न सक्छन् ।

अपमान
आफूमाथि कुनै बखत कसैबाट अपमान भएको छ भने उक्त कुरालाई गुप्त राख्नुपर्छ । यस्तो कुरा अरुले थाहा पाए भने उनीहरुले पनि सम्मान गर्न छाड्छन् ।

औषधि
औषधी वा औषधि गर्ने व्यक्तिका विषयमा शत्रुले थाहा पाए भने उनीहरुले तिनीहरुसँग सम्पर्क गरेर वा मद्दत लिएर आफूलाई हानि पुर्‍याउने कोसिस गर्न सक्छन् । तसर्थ आफूलाई उपचार गर्ने चिकित्सकको जानकारी अरुलाई दिनुहुँदैन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ३१ बजे

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ

विश्व पौडेलको छलाङ : देउवा परिवारसँग ‘कनेक्सन’को कमाल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको

पूर्वराष्ट्रपति भण्डारीबाट बुद्धजयन्ती र उँभौली पर्वको शुभकामना 

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करुणा, अहिंसा र शान्तिले मात्रै

बुद्ध जयन्ती कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । २५६९औँ

राष्ट्रपति पौडेलबाट बौद्धस्थित गुम्बामा पूजा, आराधना (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले २५६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ