यूएईबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु « Khabarhub

यूएईबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – युनाइटेड अरब इमिरेट्स् (यूएई) बाट विद्युतीय राहदानीको सेवा सुरु भएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासले विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ ।

दूतावासले एक कार्यक्रम गर्दै दूतावासमा राहदानी बनाउन पुगेका प्रथम सेवाग्राही झापा जिल्ला बुद्धशान्ति गाउँपालिका घर भई यूएईमा कार्यरत प्रदिप चौधरीको विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट गरी सेवा सुरु गरिएको जनाएको छ ।

अन्य सबैका लागि भने दूतावासले यो सेवा आउँदो सोमबारदेखि लागू हुने जनाएको छ । राहदानी सेवा लिन दूतावासबाट अग्रिम रूपमा (अपोईमेन्ट) समय लिनुपर्ने जनाएको छ।

राहदानी नवीकरण गर्नेहरूले आफ्नो पुरानो सक्कल राहदानी, सक्कल राहदानीको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र राहदानीमा यूएईको भिसा भएको पानाको प्रतिलिपिसहित दूतावासमा आफैँ उपस्थित हुनुपर्नेछ।

विद्युतीय राहदानीका लागि दूतावासले उपलब्ध गराएको लिङ्कबाट फारम भरेको दुईप्रति फारम हुनुपर्नेछ। राहदानी बनाउन आवश्यक फोटो लगायत अन्य बायोमेट्रिक विवरणहरू दूतावासमा लाइभ लिइनेछ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ९ : २१ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ