यूएईबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु « Khabarhub

यूएईबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – युनाइटेड अरब इमिरेट्स् (यूएई) बाट विद्युतीय राहदानीको सेवा सुरु भएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासले विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ ।

दूतावासले एक कार्यक्रम गर्दै दूतावासमा राहदानी बनाउन पुगेका प्रथम सेवाग्राही झापा जिल्ला बुद्धशान्ति गाउँपालिका घर भई यूएईमा कार्यरत प्रदिप चौधरीको विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट गरी सेवा सुरु गरिएको जनाएको छ ।

अन्य सबैका लागि भने दूतावासले यो सेवा आउँदो सोमबारदेखि लागू हुने जनाएको छ । राहदानी सेवा लिन दूतावासबाट अग्रिम रूपमा (अपोईमेन्ट) समय लिनुपर्ने जनाएको छ।

राहदानी नवीकरण गर्नेहरूले आफ्नो पुरानो सक्कल राहदानी, सक्कल राहदानीको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र राहदानीमा यूएईको भिसा भएको पानाको प्रतिलिपिसहित दूतावासमा आफैँ उपस्थित हुनुपर्नेछ।

विद्युतीय राहदानीका लागि दूतावासले उपलब्ध गराएको लिङ्कबाट फारम भरेको दुईप्रति फारम हुनुपर्नेछ। राहदानी बनाउन आवश्यक फोटो लगायत अन्य बायोमेट्रिक विवरणहरू दूतावासमा लाइभ लिइनेछ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ९ : २१ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज