मलेसियामा नेपाली सुरक्षा गार्डमाथि कुटपिट « Khabarhub

मलेसियामा नेपाली सुरक्षा गार्डमाथि कुटपिट



दोहा – मलेसियामा एक नेपाली सुरक्षा गार्डमाथि कुटपिट भएको छ ।

सपिङ मलको प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ नगर्न भनेपछि नेपाली सुरक्षा गार्डलाई अपरिचित दुई जनाले कुटपिट गरेका हुन् ।

मोटरसाइकल सपिङ मलको प्रवेशद्वारमा पार्किङ गरेर भित्र पसेका उनीहरूले फर्कने क्रममा गार्डलाई कुटपिट गरेको अम्पाङजयाका प्रहरी प्रमुख फारुक इशाकलाई उद्धृत गर्दै फ्री मलेसिया टुडेले जनाएको छ ।

‘उजुरीकर्ताको देब्रे आँखा र नाकमा चोट लागेपछि अस्पताल अम्पाङमा उपचार भइरहेको छ,’ प्रहरी प्रमुख इशाकले भने । ‘व्यवस्थापनले प्रहरीलाई बोलाऔँ र हामीले दुई संदिग्धहरूलाई उनीहरूको बयान रेकर्ड गर्न स्टेशनमा ल्यायौं,’ उनले थपे, उनीहरूलाई स्वेच्छाले चोट पुर्‍याएकोमा दण्ड संहिताको धारा ३२३ अन्तर्गत अनुसन्धान भइरहेको छ।

शुक्रबार पाण्डन क्यापिटल मलमा भएको घटनाको रेकर्डिङ सामाजिक सञ्जालमा भाइरल भएको प्रहरीले जनाएको छ । कुटिएका नेपाली युवाको परिचय खुलाइएको छैन ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ९ : ५६ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित