तनहुँमा स्थानीय तहको निर्वाचनका लागि १३६ मतदानस्थल तय « Khabarhub

तनहुँमा स्थानीय तहको निर्वाचनका लागि १३६ मतदानस्थल तय


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि तनहुँमा १३६ मतदानस्थल तय गरिएको छ ।

मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहजरुपमा मतदान गर्न जिल्लाका दश पालिकामा उक्त मतदानस्थल तोकिएको हो । निर्वाचनसम्बन्धी सहजीकरणको लागि जिल्लाका दशवटै पालिकामा निर्वाचन फोकल पर्सन तोकिसकिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

त्यसैगरी मुख्य निर्वाचन अधिकृतसहित दशवटै पालिकामा निर्वाचन अधिकृत तोकिने जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए। ‘एक हजार मतदाता बराबर एक केन्द्र राख्ने योजना बनाएका छौँ’, उनले भने, ‘फागुन १९ गते देखि २२ गतेसम्म दाबी विरोध, विवरण सच्याउन र नामावली हटाउन सबै स्थानीय तहमा पठाइनेछ ।’

निर्वाचन कार्यालयले माघ २४ गतेसम्म एक लाख २८ हजार ५४२ महिला र एक लाख १९ हजार ९५१ पुरुष गरी कूल दुई लाख ४८ हजार ४९३ को विवरण निर्वाचन आयोगमा पठाइएको उनले बताए। फागुन २५ गतेसम्म परेका निवेदन कार्यान्वयन गरेर २६ गते निर्वाचन आयोगमा तथ्याङ्क पठाइ चैत १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गरिनेछ ।

आसन्न निर्वाचनलाई स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदाता शिक्षा तथा परामर्शका कार्यक्रमलाई तीव्रता दिइएको छ । उनले भने, ‘मताधिकारबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर पारदर्शी किसिमले काम गरिएको छ ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १० : १० बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक