च्यासल बी डिभिजनका घटुवा « Khabarhub

च्यासल बी डिभिजनका घटुवा


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग २–१ अन्तरले पराजित हुँदै च्यासल युथ क्लब रेलिगेसनमा परेको छ । यो जितसँगै फ्रेन्ड्सले भने रेलिगेसन टारेको छ । च्यासल भने १२औँ चरणमा आएर बी डिभिजन लिगमा घटुवा भएको हो ।

खेलको ३८औँ मिनेटमा कप्तान नथाजियल जर्ज गार्सियाको हेडरलाई टच दिँदै जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । ४१औँ मिनेटमा च्यासलका अभिषेक लिम्बूले जमोल एन्थोनीलाई पेनाल्टी बक्सभित्र लडाए पछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो । खेलको ४३औँ मिनेटमा जमोल एन्थोनीको पेनाल्टी गोलमा परिणत भएपछि फ्रेन्ड्सको दोहोरो अग्रता बनायो ।

खेलको ५६औँ मिनेटमा मोउसा अवगानाले पेनाल्टीमा सान्त्वना गोल गरे । खेलको ५४औँ मिनेटमा फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले च्यासलका फरवार्ड राजिव लोप्चनलाई पेनाल्टी बक्स भित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको हो ।

यसअघि खेलमा दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलको पाँचौं मिनेटमा फ्रेन्ड्सका निशेन सुब्बाको सटलाई प्रदिप भण्डारीको हातमा पुगेको हो । त्यस्तै च्यासलका मोउसा अवगानाको सट बार माथिबाट बाहिरिएको थियो ।

हारसँगै यस सिजनका लागि च्यासल रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ । च्यासलले १२ खेलबाट ६ अंक मात्र जोडेको छ । फ्रेण्ड्सले यस जितसँगै १० अंक जोड्दै १२औँ स्थानमा छ ।

२०७३ सालमा बी डिभिजन जितेर पहिलो पटक ए डिभिजनमा उक्लेको च्यासले २०७५ र २०७६ मा ए डिभिजन खेलेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ३ : ४५ बजे

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्