वाग्मती मनोहरा दोभानबाट पाँच मेट्रिकटन फोहर उठाइयो « Khabarhub

वाग्मती मनोहरा दोभानबाट पाँच मेट्रिकटन फोहर उठाइयो


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको छ ।

वाग्मती सफाइ महाअभियानको ४५८औँ हप्तामा आज वाग्मती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

विगत केही दिनदेखि काठमाडौँ महानगरपालिकाले राजधानीबाट फोहर उठाउन नसक्दा सडक किनार, चोकमा फोहर थुप्रिएको छ । फोहरका कारण राजधानी काठमाडौँ दुर्गन्धित बन्न थालेको छ । फोहर व्यवस्थापनमा महानगरपालिकाले ध्यान नदिँदा बेलाबेलामा समस्या आउने गरेको छ ।

वाग्मती मनोहरा दोभानको सफाइमा नेपाली सिने जगतका कलाकार पुजा शर्मा, पल शाह, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, प्रमुख अभियानकर्मी लीलामणि पौडेल, काठमाडौं महानगरपालिका वडा नं ११ अध्यक्ष हीरालाल तण्डुकार, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत विभिन्न सङ्घसंस्थाको सक्रियता रहेको थियो ।

वाग्मती सफाइका क्रममा आज माला खरेल एवं दुर्गा रावलको जन्मदिनको उपलक्ष्यमा नदी किनारमा वृक्षरोपण गरिएको थियो । सफाइ अभियानकर्मीको जन्मदिन परेका दिन नदी किनारमा वृक्षरोपण गर्ने गरिएको छ ।

अर्को हप्ता शनिबार पनि वाग्मती मनोहरा दोभानमै बिहान ७:३० बजेदेखि ९:३० बजेसम्म सफाइ गरिने जनाइएको छ । वाग्मतीको शङ्खमूल क्षेत्रमा अझै फोहरको थुप्रो देखिएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए ।

फोहरको थुप्रो देख्दा नौ वर्षदेखि के गरियो भन्ने प्रश्न उब्जिएको उनको भनाइ थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४२६औँ हप्तामा गोठाटार पुलको नदी क्षेत्रमा सफाइ गरिएको छ ।

मुहानदेखिकै वाग्मती सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चको सक्रियतामा यस क्षेत्रको अभियान चल्ने गरेको छ । ‘फोहर शून्य नदी किनार सम्भव छ’ भन्ने नाराका साथ मञ्चले सफाइ गरिरहेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

मनोहरा सफाइ अभियानको २५७औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ जडिबुटीस्थित मनोहरा पुलमुनि दुई घण्टा सफाइ गरिएको छ । विभिन्न संस्थाका ५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर उठेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान हप्तामा एक दिन शनिबार निरन्तर छ ।

‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ जारी सफाइ अभियान चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल समयमा पनि जारी हुँदै आएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई काठमाडौँ उपत्यकामा यसका सहायक नदी पनि सफाइ सुरु भएको छ ।

काठमाडौँ उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी आज काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भेग, वाग्मतीका विभिन्न स्थान, चक्रपथको उत्तरी र पश्चिमी भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ ।

यसैगरी वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई काठमाडौँ उपत्यका बाहिरका प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल काठमाडौँ उपत्यका बाहिर १०९ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ९ : ४५ बजे

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका

नयाँ वर्षः समयको नयाँ पाना, सपनाको नयाँ रेखा

रातको अन्तिम घडीमा जब घडीका काँटा बिस्तारै नयाँ अंकतर्फ सर्दै

लागूऔषध खैरो हेरोइनसहित १० जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई

लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल

वासिङ्टन – अमेरिकी विदेश मन्त्रालयले लेबनान र इजरायलबीच मंगलबार हुने

नयाँ वर्ष नौलो कामको थालनीका लागि नवसङ्कल्प गर्ने अवसर : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी,