निर्वाचनमा देखाइने कार्ड अलि खतर्नाक नै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया « Khabarhub

निर्वाचनमा देखाइने कार्ड अलि खतर्नाक नै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन् ।

निर्वाचन आयोगद्वारा छैटौँ निर्वाचन दिवसका अवसमा आयोजित कार्यक्रममा उनले फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्डअलि खतर्नाक रहने भएको हुँदा त्यसलार्ई समयमै महसुस गर्न दल र उम्मेदवारलाई आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “निर्वाचन फुटबल खेल जस्तै हो, राजनीति दल र उम्मेदवार खेलाडीका रुपमा मैदानमा आउनुहुन्छ । आयोग रेफ्रिको भूमिकामा हुन्छ, निर्वाचनका समयमा मैदानमा रहेका खेलाडी (दल र खेलाडी)ले नियम उलङ्घन (फल्ट) गरिहाल्छ कि भनेर हेर्नु पर्ने हुन्छ ।”

फल्ट भए/नभएको हेर्ने आयोगसहित निर्वाचनमा खटिने दुई लाख ५० हजारभन्दा बढी जनशक्तिको जिम्मेवारी रहेको बताउँदै उनले भने, “हामी चाहन्छौँ, कसैले कसैलाई फल्ट गर्‍यो भनेर रातो कार्ड देखाउनुपर्ने अवस्था सिर्जना नहोस् ।”

प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रुपमा लिएर काम गर्न सुझाव दिँदै तपाईले दिँदै आएको परीक्षाभन्दा यो पटकको निर्वाचनका जिम्मेवारी फरक छ, यो परीक्षामा असफल हुने छुट कसैलाई नरहेको बताए ।

उनले भने, “एकै चरणमा सबै स्थानीय तहमा निर्वाचन हुँदा स्वभाविक कामको चटारो हामीलाई छ, अहिले थोरै समयमा धेरै गर्नुपर्ने हुन्छ, निर्वाचन परीक्षा भएकाले उत्कृष्ट अङ्क लिएर सफल हुनैपर्छ ।”

आफैँ निर्देशित भएर काम गर्नुस्

निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले सबैपक्षको सहमति सुनिश्चित गर्दै समन्वय र सहकार्यको खाँचो औँल्याए । निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनलाई सहजरुपमा सफल तुल्याउन सामूहिक दायित्वकारुपमा बुझेर काम गर्न आवश्यक रहेको बताए ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले स्वच्छ, निष्पक्ष, भयमुक्त विश्वासिलो र मितव्ययी निर्वाचन गर्ने आयोगको पुनित जिम्मेवारीलाई हामी सबैले अवसरका रुपमा लिएर पूरा गर्नुपर्छ भने ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले निर्वाचनमा बेरुजु नआउने गरी काम गर्न र जिल्लामा निर्वाचनको वातावरण सिर्जना गर्न सुझाव दिए ।

निर्वाचन दिवसको मूल नारा ‘निर्वाचनमा सबै, सधैँ सँगै’ भन्ने रहेको छ । सो अवसरमा प्रमुख आयुक्त थपलियाले आयोगका २० वर्ष सेवा गर्ने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने १० कर्मचारीलाई पुरस्कार घोषणा गरियो । सो अवसरमा त्यहाँ उपस्थित तीन जनालाई पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा निर्वाचन स्मारिकासमेत विमोचन गरियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : ४२ बजे

सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्न पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– १ दोवाका बासिन्दाले करिब ४५ दिन

शुक्लाफाँटामा स्वास्थ्य बीमा कार्यक्रममा न्यून सहभागिता

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रमबाट अपेक्षाअनुसार सर्वसाधारण लाभान्वित हुन

राष्ट्रियसभा अध्यक्ष इस्तानबुल प्रस्थान

काठमाडौँ– राष्ट्रियसाभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयु)को १५२औँ महासभामा

भक्तपुरको थिमिमा बिस्केट जात्राको रौनक

भक्तपुर– भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको

नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

नवलपरासी – गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भइरहेको