विभिन्न ८ संगठनको निष्कर्षः एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा « Khabarhub

विभिन्न ८ संगठनको निष्कर्षः एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेको छ ।

आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । अमेरिकी राजदूतको ट्वीट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबल गरी पारित गराउने अन्तिम कसरतले उक्त कुराको पुष्टि गरेको उनीहरूको भनाइ छ ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, चित्रबहादुर के.सी. नेतृत्वको राष्ट्रिय जनमोर्चा, सी.पी. गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरी जनताका संघर्षलाई व्यापकता प्रदान गर्नु आफूहरूको कर्तव्य भएको बताएका छन् ।

‘एमसीसी जुनसुकै मूल्यमा खारेज गरी राष्ट्रिय स्वाधिनताको रक्षाको सवालमा आफूलाई आन्दोलित गरिरहेका नेपाली जनताका अगाडि जनसंघर्षको कार्यक्रमलाई उच्चता र व्यापकता प्रदान गर्नु आफ्नो कर्तव्य हुन आएको छ’ ६ दल र २ मोर्चाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भोलि काठमाडौँ उपत्यकामा माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ र देशव्यापी रूपमा सबै जिल्लामा व्यापक विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम तय भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : २३ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको