निसीखोला पालिका आलु र मकै पकेट क्षेत्र | Khabarhub Khabarhub

निसीखोला पालिका आलु र मकै पकेट क्षेत्र


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ – जिल्लाको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ ।

गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो । वडा नं २ आलु र मकै तथा वडा नं ५, ६ र ७ लाई आलुको पकेट क्षेत्र बनाएको कृषि शाखा प्रमुख ताराबहादुर परियारले जानकारी दिए ।

गाउँपालिकाले गत वर्ष सात वटै वडामा विभिन्न फलफूल तथा खाद्यबाली पकेट क्षेत्र घोषणा गरेकामा यस वर्ष चार वडालाई आलु तथा मकैको पकेट क्षेत्र घोषणा गरिएको उनको भनाइ थियो । शाखा प्रमुख परियारले पकेट क्षेत्रमा उपभोक्ता समिति निर्माण गरी सम्झौतासमेत भइसकेकाले अब काम अगाडि बढ्ने बताए । वडा नं ५ र ६ आलु उत्पादनका लागि अत्यन्तै उर्वर भूमि मानिन्छ ।

यहाँका वडावासीले वर्षौंदेखि आलु उत्पादन गरी यसैबाट जीविकोपार्जनसमेत गर्दै आइरहेका छन् । निसेलढोर स्याउ र आलु उत्पादनका लागि बढी उर्वर भएपनि गाउँपालिकाले त्यहाँ कृषिका लागि बजेटको व्यवस्था गर्न नसकेको स्थानीयवासीले बताए ।

ढोरपाटन सिकार आरक्षसमेत पर्ने निसेलढोरमा हरेक वर्ष स्थानीयवासीले लाखौँका स्याउ, आलु र सिमी उत्पादन गर्दै आएका छन् । त्यस क्षेत्रमा उत्पादन बढाउन गाउँपालिकाको ध्यान पुगेको थिएन । गाउँपालिकाले कृषिका लागि यस वर्ष रु ४० लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै शाखाप्रमुख परियारले यसबाट कृषकलाई उन्नत जातका बीउबिजन वितरण र माटो शिविर सञ्चालन गरिने बताए ।

गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले कृषकलाई समय–समयमा कृषि परामर्श तथा तालिमसमेत दिँदै आएको र अब केही अनुदानका कार्यक्रम पनि सञ्चालन गरिने जानकारी दिए । यहाँका कृषकले अझै पनि परम्परागत खेती प्रणाली अपनाउँदै आएकाले अब आधुनिक प्रविधिको प्रयोग गर्न गाउँपालिकाले जोड दिँदै आएको जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ११ : ४५ बजे

बजेटको आकार बढाएको मधेस प्रदेशको बजेटमा के छ ? (पूर्णपाठसहित) 

काठमाडौं– आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार ६.१३ प्रतिशतले मधेस

सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको लागि यातायात व्यवसायीको भूमिका महत्त्वपूर्ण’

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सडक दुर्घटना न्यूनीकरण

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

काठमाडौं- पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला

मधेसमा बजेटको आकार ६.१३ प्रतिशतले बढेर ४६ अर्ब ५८ करोड ३३ लाखमाथि 

काठमाडौं– मधेस प्रदेशकाको आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार बढेको

प्रदेशको बजेटमा समेटिएन कोशीमा आधारित पर्यटन

चतरा– कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरणको क्षेत्रमा २