उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त « Khabarhub

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमानमा चार जना सवार रहेको नर्वेजियन उद्धार केन्द्रले जनाएको छ ।
दुर्घटनामा चारै जनाको मृत्यु भएको बताइएको छ ।

एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नेटो सैन्य अभ्यासमा भाग लिइरहेको अमेरिकी मरिन कोरको एमभी २२ – बी ओस्पेरी विमान उत्तरी नर्वेको बोडो नगर नजिकै दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।

खराब मौसमका कारण उद्धार गर्न गएका हेलिकोप्टर अवतरण गर्न समस्या परेको स्थानीय अधिकारीले जनाएका छन् । सोही कारण स्नोमोबिलको प्रयोग गरी घटनास्थलमा टोली पठाइएको जनाइएको छ ।

यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो ।

‘अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ ।’ प्रवक्ताले भने ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : २० बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान