कृष्ण सागरमा डुब्दै गरेको मोस्कवा युद्धपोतको भिडियो र तस्वीर सार्वजनिक « Khabarhub

कृष्ण सागरमा डुब्दै गरेको मोस्कवा युद्धपोतको भिडियो र तस्वीर सार्वजनिक


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृष्ण सागरमा डुब्दै गरेको रुसी युद्धपोत मोस्कवाको तस्वीर र भिडियो सार्वजनिक भएको छ । नेप्चुन क्षेप्यास्त्रले मोस्कवामाथि आक्रमण गरेको भन्दै युक्रेनी पक्षले दाबी गरेको भोलिपल्ट अर्थात् अप्रिल १४ मा उक्त तस्वीर तथा भिडियो खिचिएको हुनसक्ने बीबीसीले जनाएको छ ।

उक्त तस्वीर र भिडियोमा देखिएको युद्धपोतको आकार र बनावट मोस्कवासँग हुबहु मिल्ने बताइएको छ । तस्वीर तथा भिडियोमा मोस्कवा डुब्दै गरेको देखिन्छ । साथै उक्त युद्धपोतबाट धुवाँको मुस्लो पनि उडिरहेको देखिन्छ ।

गत अप्रिल १४ मा युक्रेनले नेप्चुन क्षेप्यास्त्र प्रहार गरी मोस्कवालाई ध्वस्त पारेको दाबी गरेको थियो भने रुसी पक्षले आगो लागेका कारण युद्धपोत क्षतिग्रस्त भएको जनाएको थियो । त्यसको भोलिपल्ट रुसी पक्षले मोस्कवा डुबेको पुष्टि गरेको थियो ।

यद्यपि हालै सार्वजनिक तस्वीर तथा भिडियोले दुबै पक्षको दाबीलाई पुष्टि गर्न नसक्ने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ३७ बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको