आफ्नो रिहाइको बदलामा मारिउपोलका नागरिकलाई सुरक्षित स्थानमा जान दिन युक्रेनी देशद्रोहीको प्रस्ताव « Khabarhub

आफ्नो रिहाइको बदलामा मारिउपोलका नागरिकलाई सुरक्षित स्थानमा जान दिन युक्रेनी देशद्रोहीको प्रस्ताव


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशद्रोहको आरोपमा युक्रेनमा पक्राउ परेका रुस समर्थित एकजना राजनीतिक नेताले आफ्नो रिहाइको बदलामा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरबाट बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान दिनुपर्ने प्रस्ताव गरेका छन् ।

युक्रेनी गुप्तचर निकायले जारी गरेको भिडियोमा केही दिनअघि देशद्रोहको आरोपमा युक्रेनमा पक्राउ परेका राजनीतिक नेता भिक्टोर मेद्भेदचुकले आफ्नो रिहाइको बदलामा मारिउपोलका बासिन्दालाई सुरक्षित स्थानमा जान दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

रुस समर्थित विपक्षी पार्टीका पूर्व नेता मेद्भेदचुकले भिडियोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम नै किटेर यस्तो प्रस्ताव गरेको अमेरिकाको राजधानी वाशिङ्टन डीसीबाट प्रकाशित हुने वाशिङ्टन एक्जामिनरको अनलाइन संस्करणले जनाएको छ ।

भिडियोमा उनले ‘मानवीय करिडोरबाट सुक्षित निकासको अवसर नपाएका मारिउपोलका रक्षक एवम् त्यहाँका नागरिकको बदलामा आफूलाई रुसको जिम्मा लगाउन’ युक्रेनी पक्षसँग आग्रह गरेका छन् ।

यसअघि देशद्रोहको आरोपमा नजरबन्दमा रहेका मेद्भेदचुक गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि फरार भएका थिए । पछि उनलाई पुनः गिरफ्तार गरिएको थियो ।

पुटिनसँग निकट रहेको ठानिने मेद्भेदचुकले रुसी तेलका माध्यमबाट ठूलो परिणाममा पैसा कमाएको बताइन्छ ।

मारिउपोलमा रुसी आक्रमण जारी रहँदा उनको यस्तो प्रस्ताव आएको हो । रुसी आक्रमणका कारण भग्नावशेषमा परिणत भएको मारिउपोल शहरमा रुसी एवम् युक्रेनी फौजबीच भीषण लडाइ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल लडाइ मारिउपोल शहरको एजोभस्तल औद्योगिक क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ५९ बजे

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको

प्रि ओपन सेसन : साढे २ अंक बढीको वृद्धि

काठमाडौँ– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार

युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए

गाजा – इजरायली सेनाको ड्रोन आक्रमणमा अल जजिरा मुबासेरका संवाददाता

धवलागिरी क्याम्पसमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

बागलुङ– बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली