रुसी हमलाका कारण विश्वव्यापी खाद्यन्न अभाव हुने राष्ट्रसंघको चेतावनी « Khabarhub

रुसी हमलाका कारण विश्वव्यापी खाद्यन्न अभाव हुने राष्ट्रसंघको चेतावनी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – युक्रेनमा रुसको आक्रमणले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।

युद्धले गरिब राष्ट्रहरूमा बढ्दो मूल्यका कारण खाद्यान्न असुरक्षालाई झनै बिग्रिएको महासचिव एन्टोनियो गुटेरेसले बताए । युक्रेनी निर्यात युद्धपूर्वको स्तरमा पुनस्र्थापित नगरि विश्वले वर्षौंसम्म अनिकालको सामना गर्न सक्ने उनले चेतावनी दिए ।

द्वन्द्वले युक्रेनको बन्दरगाहबाट आपूर्ति कटौती गरेको छ । युक्रेन बन्दरगाहबाट कुनै समय ठूलो मात्रामा सूर्यमुखी तेल र मकै र गहुँ जस्ता अनाजहरू निर्यात हुन्थे । यसले विश्वव्यापी आपूर्ति घटाएको छ र वैकल्पिक सामाग्रीहरूको मूल्य बढेको छ । राष्ट्रसंघका अनुसार गत वर्षको सोही अवधिको तुलनामा विश्वव्यापी खाद्यान्नको मूल्य झण्डै ३० प्रतिशत बढी छ ।

बुधवार न्युयोर्कमा बोल्दै गुटेरेसले द्वन्द्वका कारण लाखौँ मानिसलाई खाद्य असुरक्षामा फसाउने खतरा भएको बताए ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १० : ४५ बजे

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार