नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो « Khabarhub

नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा सफल दुई रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ नेपाल भित्रिएका छन् ।

बुधबार राजधानीमा एक कार्यक्रमकाबीच यी दुई रियालिटी शो नेपाल आएको जानकारी आयोजकले गराएका छन् । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’ को अहिले अमेरिका र क्यानडा लगायतका देशमा अडिसन भइरहेको छ भने टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुती दिनेछन् । दुवै कार्यक्रमको फाइनल भने अमेरिकामा हुनेछ ।

‘मेरो डान्स कप युएसए’ को निर्णायकमा कलाकारहरू मिथिला शर्मा, दीलिप रायमाझी, निरूता सिंह, केकी अधिकारी, शंकर विसी र नमन राई छन् । त्यस्तै, ‘मेरो भ्वाइस कप यूएसए’ को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, पुष्पन प्रधान, मुस्कान मगर, सुजाता बर्मा र अर्जुन पालिखे रहेका छन् । 

दुबै प्रतियोगिताको प्रथम विजेताले र्‍याभफोर कार, दोस्रोले गोल्डेन कप र तेस्रोले सिल्भरकपसँगै नगद राशिगिफ्ट पाउने आयोजक संस्था इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका सचिव गोपाल धितालले जानकारी दिए । तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ सशक्त रुपमा प्रस्फुटन गर्न र नेपाली भाषीमा भएको प्रतिभालाई उजागर गर्न यी दुई रियालिटी शो आयोजना गरिएको उनको भनाई छ । यि कार्यक्रमबाट संसारभर रहने नेपाली भाषीहरुको एक आपसको सद्भाव कायम रहन मद्दत गर्ने हाल अमेरिकामा नै रहेका इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले बताए ।

‘मेरो डान्स कप’ लाई सुदीप सिग्देल र सुनिता गुरुङले सञ्चालन गर्नेछन् भने ‘मेरो भ्वाइस कप’ को उद्घोषण गर्ने अभिभारा सन्दिप क्षेत्री र रीमा विश्वकर्माले पाएका छन् । दुबै रियालिटी शो को निर्देशन भने एलिन श्रेष्ठले गर्नेछन् । निर्देशक श्रेष्ठले नेपालमा दुवै रियालिटी शो को छायांकन गर्नका लागि अहिले सेट निर्माणको काम भइरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय रियालिटी शो लाई अझ स्तरीय बनाउन आफूले कुनै कसर नछाड्ने उनको भनाई छ । 

‘मेरो डान्स कप’ को निर्णायकमध्ये एक इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन नेपालका अध्यक्ष दीलिप रायमाझीले नेपालभन्दा बाहिर बस्ने नेपालीहरूलाई नेपाली कला, संस्कृतिसँग जोडिराख्न यी दुई रियालिटी शो ले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यस्तै, ‘भ्वाइस कप’ को निर्णायकमध्ये एक दीपक जंगमले नेपाली भाषा, कला र संस्कृतिलाई एक सूत्रमा बाँध्ने रियालिटी शो मा आफू आबद्ध हुन पाएकोमा खुशी व्यक्त गरे । 

विदेशमा जन्मे हुर्केका नेपालीलाई नेपाली भाषा, कला, संस्कृतिको जागरण फैलाउन ‘मेरो डान्स’ र ‘मेरो भ्वाइस कप’ ले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  २ : २९ बजे

एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने

भक्तपुर – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर

सरकारलाई गगन थापाका पाँच प्रश्न : नागरिकको जनजीविकामा गम्भीरता खै ?

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न

ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन

काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको