नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो « Khabarhub

नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा सफल दुई रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ नेपाल भित्रिएका छन् ।

बुधबार राजधानीमा एक कार्यक्रमकाबीच यी दुई रियालिटी शो नेपाल आएको जानकारी आयोजकले गराएका छन् । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’ को अहिले अमेरिका र क्यानडा लगायतका देशमा अडिसन भइरहेको छ भने टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुती दिनेछन् । दुवै कार्यक्रमको फाइनल भने अमेरिकामा हुनेछ ।

‘मेरो डान्स कप युएसए’ को निर्णायकमा कलाकारहरू मिथिला शर्मा, दीलिप रायमाझी, निरूता सिंह, केकी अधिकारी, शंकर विसी र नमन राई छन् । त्यस्तै, ‘मेरो भ्वाइस कप यूएसए’ को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, पुष्पन प्रधान, मुस्कान मगर, सुजाता बर्मा र अर्जुन पालिखे रहेका छन् । 

दुबै प्रतियोगिताको प्रथम विजेताले र्‍याभफोर कार, दोस्रोले गोल्डेन कप र तेस्रोले सिल्भरकपसँगै नगद राशिगिफ्ट पाउने आयोजक संस्था इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका सचिव गोपाल धितालले जानकारी दिए । तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ सशक्त रुपमा प्रस्फुटन गर्न र नेपाली भाषीमा भएको प्रतिभालाई उजागर गर्न यी दुई रियालिटी शो आयोजना गरिएको उनको भनाई छ । यि कार्यक्रमबाट संसारभर रहने नेपाली भाषीहरुको एक आपसको सद्भाव कायम रहन मद्दत गर्ने हाल अमेरिकामा नै रहेका इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले बताए ।

‘मेरो डान्स कप’ लाई सुदीप सिग्देल र सुनिता गुरुङले सञ्चालन गर्नेछन् भने ‘मेरो भ्वाइस कप’ को उद्घोषण गर्ने अभिभारा सन्दिप क्षेत्री र रीमा विश्वकर्माले पाएका छन् । दुबै रियालिटी शो को निर्देशन भने एलिन श्रेष्ठले गर्नेछन् । निर्देशक श्रेष्ठले नेपालमा दुवै रियालिटी शो को छायांकन गर्नका लागि अहिले सेट निर्माणको काम भइरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय रियालिटी शो लाई अझ स्तरीय बनाउन आफूले कुनै कसर नछाड्ने उनको भनाई छ । 

‘मेरो डान्स कप’ को निर्णायकमध्ये एक इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन नेपालका अध्यक्ष दीलिप रायमाझीले नेपालभन्दा बाहिर बस्ने नेपालीहरूलाई नेपाली कला, संस्कृतिसँग जोडिराख्न यी दुई रियालिटी शो ले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यस्तै, ‘भ्वाइस कप’ को निर्णायकमध्ये एक दीपक जंगमले नेपाली भाषा, कला र संस्कृतिलाई एक सूत्रमा बाँध्ने रियालिटी शो मा आफू आबद्ध हुन पाएकोमा खुशी व्यक्त गरे । 

विदेशमा जन्मे हुर्केका नेपालीलाई नेपाली भाषा, कला, संस्कृतिको जागरण फैलाउन ‘मेरो डान्स’ र ‘मेरो भ्वाइस कप’ ले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  २ : २९ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर