नबिल बैंक र लगानीबोर्ड नेपालको कार्यालयबीच साझेदारी  « Khabarhub

नबिल बैंक र लगानीबोर्ड नेपालको कार्यालयबीच साझेदारी 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनका लागि लगानीबोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ । 

यस सम्झौताअन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा सहभागिताको लागि लगानीबोर्ड नेपालसँग सहकार्य गर्ने छ ।

नबिल बैंक पूर्वाधार विकासमा विगत ३७ वर्ष देखि नै योगदान गर्दै आइरहेको छ । यसै क्रममा पूर्वाधार विकासमा लगानीबोर्डको कार्यालयले विगत १० वर्ष देखी नै निकै सहभागिता र सक्रियता देखाउदै आएको छ जसलाई नेपाल सरकारले पनि अवसरको रुपमा प्रवर्द्धन गर्दै आइरहेको छ ।

सो साझेदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने र पूर्वाधार परियोजनाहरू, हरित क्षेत्रका अवसरहरू, ऊर्जा क्षेत्रको प्रवर्द्धन तथा यस्तै अन्य  पूर्वाधारका कुराहरू विकास गर्न देशमा दिगो स्रोतको खाडललाई पुरा गर्न नबिल बैंक र लगानीबोर्ड नेपालको यो सम्झौताले टेवा पुग्नेछ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाह र लगानीबोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । विदेशी लगान भित्र्याउनका लागि बैंकको महत्वपूर्ण भूमिका रहेको कारण लगानीबोर्ड नेपालको कार्यालयले पहिलो पटक नबिल बैंकलाई साझेदार बनाएको भट्टले बताए । त्यसै गरी नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंकले दिगो बैंकिङसँगै दिगो देश बनाउनमा पनि ध्यान दिएको बताए । यसै क्रममा नबिल बैंक उक्त गरिमामय संस्था लगानीबोर्ड नेपालको कार्यालयको औपचारिक वित्तीय सल्लाहकार बैंकको रुपमा सम्झौता गर्न पाउँदा बैंक गौरवान्वित रहेका प्रमुख कार्यकारी अधिकृत शाहले बताए । 

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समयानुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिटएजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ३ : ५७ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये