नेपाल लगातार तेस्रो खेलमा पराजित, दुई खेल अगावै युगान्डाले जित्यो सिरिज « Khabarhub

नेपाल लगातार तेस्रो खेलमा पराजित, दुई खेल अगावै युगान्डाले जित्यो सिरिज


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टिमले घरेलु मैदानमा जारी युगान्डाविरुद्धको टी-२० शृंखला दुई खेल अगावै गुमाएको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको नेपाल आजको तेस्रो टी-२० जित्नै पर्ने दबाबसहित मैदानमा उत्रिएको थियो । तर, बिहीबारको खेलमा पनि ६ विकेटको पराजयसँगै नेपालले शृंखला गुमाएको छ ।

९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको युगान्डाले १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । युगान्डाको लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२ रनको बनाइन । यस्तै,  लियोना बाब्रिए पाँच रनमा पेभेलियन फर्केकी थिइन् ।

यानेट एम्बाबाजी २७ रन बनाएर आउट हुँदा रिता मुसामाली ९ रन बनाएर आउट भएकी थिइन् । पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएकी रिता न्यान्गेन्डो १ रनमा पेभेलियन फर्किँदा फियोना कुलुमे ४ रनमा अविजित रहिन् ।

बलिङतर्फ नेपालका लागि कविता कुँवरले २ तथा रुबिना क्षेत्री र इन्दु बर्माले १-१ विकेट लिए । यसअघि नेपालका लागि विकेट किपर तथा ब्याटर ज्योति पाण्डेले ५४ बलमा पाँच चौकासहित ४७ रनको महत्त्वपूर्ण इनिङ खेलेकी थिइन् । 

कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । युगान्डाका लागि फियोना कुलुमे, कोन्ची अवेकोसाराह एकिटेङले २–२ तथा यानेट एम्बाबाजी र रिता मुसामालीले १–१ विकेट लिएका थिए ।

पहिलो टी- २० मा १२ रनको हार बेहोरेको नेपाल दोस्रो खेलमा एक विकेटले हारेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ४ : ५२ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष