नेपाल लगातार तेस्रो खेलमा पराजित, दुई खेल अगावै युगान्डाले जित्यो सिरिज « Khabarhub

नेपाल लगातार तेस्रो खेलमा पराजित, दुई खेल अगावै युगान्डाले जित्यो सिरिज


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टिमले घरेलु मैदानमा जारी युगान्डाविरुद्धको टी-२० शृंखला दुई खेल अगावै गुमाएको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको नेपाल आजको तेस्रो टी-२० जित्नै पर्ने दबाबसहित मैदानमा उत्रिएको थियो । तर, बिहीबारको खेलमा पनि ६ विकेटको पराजयसँगै नेपालले शृंखला गुमाएको छ ।

९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको युगान्डाले १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । युगान्डाको लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२ रनको बनाइन । यस्तै,  लियोना बाब्रिए पाँच रनमा पेभेलियन फर्केकी थिइन् ।

यानेट एम्बाबाजी २७ रन बनाएर आउट हुँदा रिता मुसामाली ९ रन बनाएर आउट भएकी थिइन् । पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएकी रिता न्यान्गेन्डो १ रनमा पेभेलियन फर्किँदा फियोना कुलुमे ४ रनमा अविजित रहिन् ।

बलिङतर्फ नेपालका लागि कविता कुँवरले २ तथा रुबिना क्षेत्री र इन्दु बर्माले १-१ विकेट लिए । यसअघि नेपालका लागि विकेट किपर तथा ब्याटर ज्योति पाण्डेले ५४ बलमा पाँच चौकासहित ४७ रनको महत्त्वपूर्ण इनिङ खेलेकी थिइन् । 

कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । युगान्डाका लागि फियोना कुलुमे, कोन्ची अवेकोसाराह एकिटेङले २–२ तथा यानेट एम्बाबाजी र रिता मुसामालीले १–१ विकेट लिएका थिए ।

पहिलो टी- २० मा १२ रनको हार बेहोरेको नेपाल दोस्रो खेलमा एक विकेटले हारेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ४ : ५२ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै