पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति ल्याए ? « Khabarhub

पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति ल्याए ?


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- स्थानीय तह सदस्य निर्वाचन- २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।

पछिल्लो मत परिणाम अनुसार ५५ हजार २६७ मत गन्दा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले २२ हजार ८५२ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २० हजार १३२ मत प्राप्त गरेका छन् ।

यस्तै राप्रपाका शंकर खरालले दुई हजार ३०४ र स्वतन्त्र उम्मेदवार गनेश पौडेलले एक हजार ३१२ मत ल्याएर आचार्य र थापालाई पछ्याइरहेका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटको २३ हजार १६४ मत छ भने एमालेका मञ्जुदेवी गुरुङले २३ हजार २१ मत प्राप्त गरेकी छिन् ।

राप्रपाकी रन्जना सेनले दुई हजार ९९ मत ल्याएकी छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ३० बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी