चन्द्रागिरीको मेयरमा फेरि कांग्रेसकै गिरी निर्वाचित « Khabarhub

चन्द्रागिरीको मेयरमा फेरि कांग्रेसकै गिरी निर्वाचित


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्काठमाडौँको चन्द्रागिरि नगरपालिकामा पुनः नेपाली काँग्रेस विजयी भएको छ ।

गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसले नगर प्रमुखसहित बहुमत वडाध्यक्ष आफ्नो पक्षमा ल्याउन सफल भएको छ । प्राज्ञिक एवं विकास प्रेमी नेताका रूपमा घनश्याम गिरी काँग्रेसका तर्फबाट मेयर पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

गिरीले १५ हजार ४७५ मत प्राप्त गरी नगरप्रमुखमा विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का उत्तम बहादुर रावतले १४ हजार ६५१ मत पाए । उनी वडा नं १५ का निवर्तमान वडाध्यक्ष  हुन् । उपमेयरमा भने एमालेकी बसन्ती श्रेष्ठ विजयी भएकी छन् ।

उनले १५५६४ मत पाएका छन् । नगरपालिकाको वडा न १, ३, ४, ७, ८, ९, ११,  १३ र १५ मा काँग्रेसले  विजय हासिल गरेको छ । काँग्रेसका तर्फबाट नवनिर्वाचित  वडाध्यक्ष  वडा नं १ मा हरिश्याम राना मगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रह्लाद रिजनल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ  १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल छन् ।

निर्वाचित भएपछि उनले भने, “निर्वाचनका समयमा नगरवासीसमक्ष आफूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा गरेका प्रतिबद्धता पूरा गर्नेछु । यस चन्द्रागिरि नगरलाई मुलुककै नमूना प्रविधि मैत्री नगरपालिकाको रूपमा स्थापित गर्नेछु ।”

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ८ : ३२ बजे

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि

सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका सांसदहरूलाई

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार