बजेट निर्माणका क्रममा दलको घोषणा–पत्र माग « Khabarhub

बजेट निर्माणका क्रममा दलको घोषणा–पत्र माग


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाले नयाँ बजेट निर्माणका क्रममा सबै दलसँग घोषणा–पत्र माग गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि गाउँपालिकाले एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राप्रपालाई पत्राचार गर्दै लिखित सुझावका साथमा गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला जारी गरेको आ–आफ्नो घोषणा–पत्र उपलव्ध गराउन भनेको हो ।

दलका घोषणा–पत्रमा उल्लेखित कतिपय प्रतिवद्धता गाउँपालिकाको बजेट निर्माणका क्रममा उपयुक्त र उत्कृष्ट हुनसक्ने भएकाले सुझावका साथमा घोषणा–पत्र माग गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शुक्रबार पठाएको पत्रमा आगामी ६ असारसम्ममा बजेट निर्माणका क्रममा आवश्यक सुझावका साथमा घोषणा–पत्र उपलव्ध गराउन भनिएको छ ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जन्तेढुंगामा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका अरुणादेबी राई अध्यक्ष र कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्षमा चुनिएका छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : २३ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले