नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण तालिम सम्पन्न | Khabarhub Khabarhub

नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण तालिम सम्पन्न


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ ।

परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका, विशिष्टिकरण तालिका र पाठ्य घण्टाको सही प्रयोगले नै सिकाइ उपलब्धि हासिल गर्न सकिने बताए ।

परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले प्रबोधीकरणले शिक्षण सिकाइलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । परिषद्का सल्लाहकारहरू सहप्राध्यापक पुण्यप्रसाद शर्मा, ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्त, परिषद्का पूर्वअध्यक्ष लोकचन्द्र खनाल, डोलराज अर्याल, सल्लाहकार दिनेश सापकोटा, परिषद्का सचिव सूर्यप्रसाद लम्साल, उपाध्यक्ष विक्रम पौडेल, कार्यक्रम संयोजक शिवहरि सुवेदीलगायतले प्रवोधीकरणको आवश्यकता र महत्वलगायतमा बोलेका थिए। कार्यक्रममा २०० बढी नेपाली भाषा शिक्षकको सहभागिता थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : ४० बजे

मधेसको खानेपानी समस्या समाधान गर्न ठोस योजना बनाइनेछ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि

रामहरिको बयान- कर्मचारीले ‘कुलिङ अफ पिरियड’ हटाइदिन भने, शिक्षामन्त्रीलाई आएको फोनले हस्ताक्षर रोकियो

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफू

२८३३ अंकमा झर्‍यो नेप्से, कारोबार पनि १० अर्ब तल

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा नेप्से

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न संगठीत र संघन प्रयास जारी : अर्थमन्त्री 

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै

कुलिङ पिरियडबारे राप्रपाले भन्यो-  ठूला दलका दम्भले चाहे जस्तो निष्कर्ष निकाल्न सकिएन

काठमाडौं– राप्रपा सांसद एवं कुलिङ आफ पिरियडमा भएको गडबडी छानबिन