गम्भीर खडेरीको सामना गरिरहेका २३ देशमध्ये एक पाकिस्तान  « Khabarhub

गम्भीर खडेरीको सामना गरिरहेका २३ देशमध्ये एक पाकिस्तान 


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तान गम्भीर खडेरीबाट प्रभावित शीर्ष २३ देशमध्ये एक बनेको छ । देशको जलवायु परिवर्तन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

विश्व मरुभूमिकरण र खडेरी दिवसको सन्दर्भमा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सन् २०२५ सम्ममा  खडेरीले विश्वको लगभग तीन चौथाइ जनसंख्यालाई असर गर्ने भविष्यवाणी गरिएको छ ।

मानव र वातावरणीय कारण मरुभूमिकरणले पाकिस्तानलाई हानी गरेको छ । जसका कारण वातावरणीय ह्रास, माटोको उर्वरतामा कमी, जैविक विविधताको हानी, र भूमिको उत्पादकत्वमा कमी आएको छ ।

ठूलो वन फडानी र मानवजन्य गतिविधिहरूले समस्यालाई झनै विकराल बनाएको जनाइएको छ । पाकिस्तानमा मानिसहरूले पानीको अभाव झेलेका र लामो समयको गर्मीका कारण देशभरका नदीहरू सुक्न थालेका जनाइएको छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै