गम्भीर खडेरीको सामना गरिरहेका २३ देशमध्ये एक पाकिस्तान  « Khabarhub

गम्भीर खडेरीको सामना गरिरहेका २३ देशमध्ये एक पाकिस्तान 


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तान गम्भीर खडेरीबाट प्रभावित शीर्ष २३ देशमध्ये एक बनेको छ । देशको जलवायु परिवर्तन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

विश्व मरुभूमिकरण र खडेरी दिवसको सन्दर्भमा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सन् २०२५ सम्ममा  खडेरीले विश्वको लगभग तीन चौथाइ जनसंख्यालाई असर गर्ने भविष्यवाणी गरिएको छ ।

मानव र वातावरणीय कारण मरुभूमिकरणले पाकिस्तानलाई हानी गरेको छ । जसका कारण वातावरणीय ह्रास, माटोको उर्वरतामा कमी, जैविक विविधताको हानी, र भूमिको उत्पादकत्वमा कमी आएको छ ।

ठूलो वन फडानी र मानवजन्य गतिविधिहरूले समस्यालाई झनै विकराल बनाएको जनाइएको छ । पाकिस्तानमा मानिसहरूले पानीको अभाव झेलेका र लामो समयको गर्मीका कारण देशभरका नदीहरू सुक्न थालेका जनाइएको छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : १० बजे

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो