औपचारिक माध्यमबाटै रकम पठाउन कतारका नेपालीलाई आग्रह « Khabarhub

औपचारिक माध्यमबाटै रकम पठाउन कतारका नेपालीलाई आग्रह


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा कार्यरत नेपालीहरूलाई औपचारिक माध्यमबाटै रेमिट्यान्स पठाउन आग्रह गरिएको छ ।

दोहास्थित नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको संयुक्त आयोजनामा भएको रेमिटेन्स तथा बैंकिङ्ग साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा औपचारिक माध्यमबाट मात्र रेमिटेन्स पठाउन आग्रह गरिएको हो ।

कतारदेखि बैंकिङ्ग माध्यमबाट वार्षिक २ खर्ब ५६ अर्ब बढी रेमिटेन्स नेपाल पठाउने गरिएको छ । कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अवैधानिक रूपमा रकम नपठाउन आग्रह गर्दै देशको अर्थतन्त्रमा योगदान गर्न आग्रह गरे ।

बज्राचार्यले आफूले आर्जन गरेको पुँजीको बैधानिकतासंगै राज्यबाट पाउने सुविधा प्रयोग गर्न पनि राज्यले तोकेको माध्यमबाट पैसा पठाउन सुझाए । बैंकिङ्ग माध्यमबाट पैसा पठाउँदा सुरक्षित हुनुको साथै नेपाल फर्केर कुनै व्यवसाय गर्न ऋण आवश्यक परेमा सहज हुने उनको भनाइ छ।

आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले वित्तीय संस्थाहरूले प्रदान गरेको सुविधा प्रयोग गर्दै प्रवासमा आर्जन गरेको पुँजी बचत गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाए ।

विकास उन्मुख देशमा वैदेशिक रोजगारी बाध्यता रहेको भन्दै विदेशमा मिहिनेत गरेर कमाएको पुँजी हाइपर फन्ड, किप्टोकरेन्सीजस्ता असुरक्षित र गैर कानुनी क्षेत्रमा लगानी नगर्न आग्रह गरे।

सो अवसरमा ग्लोबल आईएमई बैंक कतारका प्रमुख दिपेन्द्र पौडेल र आईएई प्रमुख हेमराज सुवेदीले बैंकिङ्ग माध्यमबाट रेमिटेन्स पठाउँदाका फाइदा तथा कतारमा रहेका वित्तीय संस्थाबाट पाउन सक्ने सुविधाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा दूतावासका कार्यबहाक राजदूत लक्ष्मण खनालले नेपालमा पैसा पठाउन वित्तीय संस्थामा पाबन्दी गरेको गुनासो आएको भन्दै त्यसको लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताए ।

कार्यवाहक राजदूत खनालले राज्यप्रति जनताको गुनासो हुनु स्वाभाविक भए पनि जनताले राज्यप्रतिको दायित्व बिर्सन नहुने बताए । हुन्डीबाट पैसा पठाउँदा तत्काल केही लाभ भए पनि असुरक्षित रहेको र पछिल्लो समय धेरै ठगिएको गुनासो आएको सुनाए ।

रेमिटेन्स पठाउनेमा कतार अग्रस्थानमा रहेको भन्दै खनालले सबैले आ-आफ्नो ठाउँबाट औपचारिक माध्यमबाट पैसा पठाउँदा हुने फाइदा मात्रै बुझाउन सकेमा रेमिटेन्स थप बढ्ने बताए ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले हुण्डीदेखि पैसा पठाउनु गैर कानुनीसँगै राज्यप्रतिको धोका रहेको भन्दै सरकारले तोकेको माध्यमबाट मात्रै पैसा पठाउन आग्रह गरे । कतारमा हाल ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन्। ११ हजार ९० जना महिला छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ८ : ३० बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन