सर्लाहीमा कार दुर्घटना हुँदा बालकको मृत्यु, ७ जना घाइते « Khabarhub

सर्लाहीमा कार दुर्घटना हुँदा बालकको मृत्यु, ७ जना घाइते


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – जिल्लाको दक्षिण पश्चिम क्षेत्र धन्कैलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन्। आइतबार बिहान धन्कौल गाउँपालिका–५, छठीघाट पुलमा कार दुर्घटना हुँदा रौतहटको वृन्दावन नगरपालिका–४, निवासी ४ वर्षका गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो । घटनामा सोही स्थानका ७० वर्षका महेन्द्र राय गम्भीर घाइते भएका छन् । उनकाे शरीरको विभिन्न भागमा चोट लागेको र बायाँ खुट्टाको तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते हुनेहरूमा वृन्दावन नगरपालिका–४, का ४ वर्षका अमित कुमार यादव, १४ वर्षकी मिरा कुमारी यादव, ३२ वर्षका जितेन्द्रकुमार यादव, १७ वर्षकी सोभा कुमारी यादव, १० वर्षका गौतम यादव र ६ वर्षका अनिकेत यादव रहेका प्रहरीले जनाएको छ । उनीहरु आठै जना  एकै परिवारको हुनसक्ने प्रहरीको आशंका छ । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सर्लाहीको छतौनाबाट छठियारको भोज खाएर घर फर्कँदै गर्दा उनीहरु सवार भारतीय नम्बर प्लेट बिआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटनामा परेको थियो । अनियन्त्रित भएर कार  दुर्घटनामा परेको  हुन सक्ने अनुमान गरिएकाे छ ।  कारण पुलबाट १५ फिट तल खसेको प्रहरीले जनाएको छ । घटनालगतै चालक फरार रहेका इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मृतक बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । फरार चालकको खोजी भइरहेको जिल्ला पहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जनाकारी दिए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १० : १६ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का