आदर्श लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन « Khabarhub

आदर्श लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज (५ असार) अन्तिम दिन रहेको छ । कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार साधारण सेयरको सार्वजनिक निष्कासन तथा बिक्री बन्द आइतबार कार्यालय समयपछि हुनेछ ।

नेपाल सरकारले आइतबारको सार्वजनिक बिदा कटौती गरेकाले चार कारोबार दिन आइतबार पुग्ने भएकाले सो दिनसम्म मात्र सार्वजनिक निष्कासन खुला हुन लागेको हो ।

यसअघि बिक्री प्रबन्धक बिओके क्यापिटलले सरकारले आइतबारको सार्वजनिक बिदा सूचनालाई आधिकारिक मानी आइतबार बिदा रहेकाले २३ जेठमा आह्वान पत्र प्रकाशित गरेको थियो । सो सूचनामा आईपीओ निष्कासन तथा बिक्री बन्द हुने मिति छिटोमा ६ असार उल्लेख थियो । बिदा कटौतीसँगै आवेदन समय पनि एक दिन घटेर आइतबारै आईपीओ निष्कासन बन्द हुन लागेको हो ।

१ असारदेखि सर्वसाधारणमा निष्कासन तथा बिक्री खुल्ला गरिएकोमा सेयरमा छिटो अवधिमै सर्वसाधारण आवेदकबाट माग गरेभन्दा बढी सेयर खरिदका लागि आवेदन प्राप्त हुन आएकाले ५ असार बैंकिङ समयपछि सो सेयरका लागि आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ ।कटौती गरेकाले यो निष्कासन कार्यमा संलग्न सम्पूर्ण सङ्कलन केन्द्रहरू, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयलाई समेत आइतबार कार्यालय समयसम्म मात्र साधारण सेयरका लागि दरखास्त बुझिलिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

आदर्श लघुवित्तले प्रतिसेयर अङ्कित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ११ : ४५ बजे

आर्थिक वृद्धिको अङ्क देखाउन दलमा प्रतिस्पर्धा, के छन् आधार ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार